चार विद्यार्थी तीन दिनदेखि बेपत्ता
पर्वत– यहाँका चारजना विद्यार्थी तीन दिनदेखि बेपत्ता छन् ।
सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुश्मा नगरपालिका–१० का १४ वर्षीय अभिषेक शर्मा, सोही स्थानका १५ वर्षीय देवेन्द्र सार्की, कुश्मा नगरपालिका–८ का १४ वर्षीय कृष्णप्रसाद श्रेष्ठ र सोही ठाउँका १४ वर्षीय सुनिल जिसी सम्पर्कविहीन भएका हुन् ।
बुधबार बिहान विद्यालयमा ट्युसन पढ्न जाने भन्दै हिँडेका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि चारै जनाको खोजि भइरहेको छ । उनीहरु विद्यालयमा पुगेको र त्यो दिन ट्युसन पढाइ नभएपछि एक्कासि सम्पर्कविहीन भएका वेपत्ता विद्यार्थीका आफन्तले बताएका छन् । बाआमाले खोजविनका लागि जिल्ला प्रहरी कार्यालयलाई निवेदन दिएका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।
“वेपत्ता विद्यार्थीको नाम, ठेगाना र हुलियासहित खोजतलास जारी राखेका छौँ” उनले भने । खोजीका लागि विभिन्न जिल्ला हुँदै सुनौली नाकासम्म पुगेको अभिषेक शर्माकी आमा अमृताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण