सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोनाल्डोले अब के गर्लान् ?

शुक्रबार, ०१ माघ २०७२, १६ : ३९
शुक्रबार, ०१ माघ २०७२

म्याड्रिड – लियोनेल मेस्सीसँग बालोन डि’ओर उपाधिमा पछि परे पर्चुगल र रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको भविष्यमाथि विभिन्न अड्कलबाजी काट्न थालिएको छ । ढल्कँदो उमेर र म्याड्रिडमा गेराथ बेलको उदयपछि रोनाल्डोले अब के गर्लान् भनेर विश्लेषकहरुले विभिन्न अनुमान लगाउन थालेका छन् । उनीहरुले रोनाल्डोसँग अब तीन बिकल्प रहेको कुरा औंलयाएका छन् । यस्तो छ विश्लेषकहरुका नजरमा रोनाल्डोको भविष्यबारे चार विकल्प :

विकल्प १ : पेरिस सेन्ट जर्मेन ज्याट्लान इब्राहिभोमिच करियरको अन्त्यमा छन् । यति नै बेला ढल्कदो उमेरका रोनाल्डो पेरिस सेन्ट जर्मेन जान सक्छन् । उनले त्यहाँ प्रमुख खेलाडीको जिम्मेवारी लिन सक्छन् । ज्याट्लानले जस्तै १४ मिलियन पाउन्ड प्रतिसिजन कमाउन सक्छन् । रोनाल्डोले पिएसजी गएमा उक्त टोलीलाई इतिहासमै पहिलो पटक युरोपियन च्याम्पियन्स लिग जिताउन भूमिका खेल्न सक्नेछन् । क्लबका प्रशिक्षक लाउरेन्ट बेल्न्कसँग रोनाल्डोको सम्बन्ध राम्रो छ । रोनाल्डोले लिग वानमा गएर घरेलु लिग मात्रै जित्न सके भने त्यो उनको करियरका लागि दुखदायी हुनेछ । तर यदी उनले पिएसजीलाई च्याम्पियन्स लिग जिताए भने करियरमा त्यो एउटा महत्वपूर्ण उपलब्धि हुनेछ । २ वर्ष पेरिसमा बिताएपछि रोनाल्डो अमेरिकी मेजर लिग खेल्न जाने सोचमा समेत छन् । यो संभावनालाई १० मा ९ अर्थात अत्याधिक मानिएको छ । विकल्प २ : रियालमै बस्ने रोनाल्डोलाई रियालबाट हटाउन कोही चाहदैँन । त्यसैले अझै २ वर्ष रियालमा बस्ने र त्यसपछि अमेरिकी मेजर सकर लिगमा जाने उनको सोच हुनसक्छ । अहिले रोनाल्डोले सन् २०१८ सम्मका लागि रियालसँग सम्झौता गरेका छन् । यो संभावना पनि बलियो छ किनभने नयाँ प्रशिक्षक जिनेदिन जिदानले पनि आफू रहुन्जेल रोनाल्डो अर्को क्लब नजाने र उनी टोलीको महत्वपूर्ण हिस्सा रहने बताइसकेका छन् । विकल्प ३ : म्यानचेस्टर युनाइटेड फर्कने रोनाल्डो म्यानचेस्टर फर्किए भने समर्थकहरु उनलाई न्यायो स्वागत गर्न तयार भएर बसेका हुनेछन् । उनको प्रतिक्षामा रहेका समर्थकहरुले रोनाल्डो फर्केकै दिन किर्तिमानी रुपमा उनका जर्सीहरु खरिद गर्ने पक्का छ । तर सन् २००९ मा म्यानचेस्टर छोड्दा जस्तो करियरको उच्च लयमा रोनाल्डो छैनन् । म्यानचेस्टर युनाइटेड पनि पहिलेजस्तो बलियो क्लब रहेन । यदी क्लबले वर्तमान प्रशिक्षक भान गाललाई बर्खास्त गरेर रायन गिग्सलाई प्रशिक्षणको जिम्मेवारी सुम्पियो भने गिग्सको पहिलो काम रोनाल्डोलाई क्लब फर्काउनु हुनेछ । यो संभावना भने १० मा ५ मात्र रहेको छ । विकल्प ४ : बार्यन म्युनिख यो संभावनालाई आश्चर्यका रुपमा हेरिएको छ । तर अर्को सिजनबाट कार्लो एन्सीलोट्टीले बार्यन सम्हाल्ने भएपछि रोनाल्डो उनको रोजाईमा पर्न सक्छन् । रोनाल्डोले यसअघि वर्षको उत्कृष्ट प्रशिक्षकका लागि कार्लो एन्सीलोट्टीलाई मत दिएका थिए । एन्सीलोट्टी प्रशिक्षक छदाँ रियालले च्याम्पियन्स लिग समेत जितेको थियो । यसबाहेक उनी पोर्चुगल फर्कने वा चीन र कतार जाने संभावना पनि छ । तर रोनाल्डो ३१ वर्षका छन् । त्यसैले अझै उनी विश्वको प्रतिस्पर्धात्मक लिगमै रमाउन रुचाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप