अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ : नेता भट्टराई
काठमाडौँ - पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको राज्यको प्रमुख एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताएका छन् । आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले अबको १० वर्ष आर्थिक समृद्धिका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
उनले भने —“हामीसँग प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवीय ऊर्जा छ, यसलाई उपयोग गर्न सम्पूर्ण राजनीतिक दलको एजेन्डामा आर्थिक समृद्धिले प्रमुख स्थान पाउनुपर्छ ।”
उनले राज्य व्यवस्था र नेतृत्व ठीक नभएसम्म देशले प्रगति गर्न नसक्ने बताउँदै नेतृत्व ठीक नभए अरु जति राम्रा गुण भएपनि देशले उन्नति गर्न नसक्ने उल्लेख गरे ।
उनले सकारात्मक सोच र कार्यशैलीमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै बेइमानी र भष्ट्राचारलाई प्रोत्साहन गर्नेबानीमा सुधार ल्याउनुपर्ने बताए ।
अबको समय वैज्ञानिक सोच लिएर आगाडि बढ्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले अरुको लागि मात्र बहादुर बन्ने नभई आफ्ना लागि पनि नेपाली बहादुर बन्नुपर्ने समय आएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण