शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अबको सभापति देउवा हुने सम्भावना छः महत

मङ्गलबार, ०५ माघ २०७२, १३ : २९
मङ्गलबार, ०५ माघ २०७२

दाङ–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले अब पार्टीको सभापति वरिष्ठ नेता शेरबहादुर देउवा हुने सम्भावना व्यक्त गरेका छन् ।

तुलसीपुरमा आज आयोजित पत्रकार सम्मेलनमा डा महतले देशभरका अग्रज काँग्रेस कार्यकर्ताको भावना पनि देउवालाई नै सभापति बनाउने रहेको जिकिर गरे । उनले पार्टी नेतृत्व देउवा र सरकारको नेतृत्व उपसभापति रामचन्द्र पौडेललाई दिनु पार्टी हितमा हुने बताए । वर्तमान सरकारले तीन महिनासम्म आकाश–पाताल जोड्ने तथ्यहीन र आधारहीन कुरा गरेर व्यतीत गरेको आरोप पनि उनले लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप