एउटै विद्यालय दुईतिर सञ्चालन
मङ्गलबार, ०५ माघ २०७२, १४ : ३१
बागलुङ– पाला–४ स्थित जनकल्याण निमावि दुई स्थानबाट सञ्चालित छ ।
भवन अभावमा एउटै विद्यालय दुई गाउँमा बाँडिएको छ । पाला गाउँमा कक्षा १ देखि ३ सम्म र छाप भन्ने स्थानमा कक्षा ४ देखि ७ सम्म पढाइ हुने गरेको छ । दुवै विद्यालय भवन आधा घन्टा दूरीको फरकमा छन् ।
भौतिक पूर्वाधार अभाव र विविध कारणले दुई ठाउँबाट विद्यालय चलाउनुपरेको प्रअ बद्रीबहादुर भण्डारीले बताए । कक्षा ३ सम्म पुरानो भवनमा पढाइ हुने गरेको छ । गत वर्ष बनेको नयाँ भवनमा बाँकी कक्षा सञ्चालन गरिएको छ । दुईतिर विद्यालय हुँदा छाप गाउँका प्राथमिक तहमा पढ्ने बालबालिका अन्यत्र धाउन बाध्य छन् ।
दलित बाहुल्य रहेको त्यहाँका विद्यार्थी धिमी, करिनामा रहेको विद्यालय जाने गरेको प्रअ भण्डारीले जानकारी दिनुभयो । विद्यालयले कक्षा ३ सम्म हेर्नका लागि कोपिला खड्कालाई छुट्टै इन्चार्ज तोकेको छ ।
यसैबीच जिल्ला शिक्षा कार्यालयले भने दुई ठाउँबाट विद्यालय चलाउन नमिल्ने जनाएको छ । जिशिअ विष्णुप्रसाद तिवारीले त्यस्तो कार्य अनुमति विपरीत भएको बताए । “कार्यालयले त्यसरी विद्यालय चलाउन अनुमति दिँदैन, दुईतिर हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ”¬–जिशिअ तिवारीले भने, “भवन अभाव या जुनसुकै कारणले त्यो हुन गएको भए पनि त्यसलाई एक ठाउँ बनाउनुपर्छ ।” एउटै विद्यालय दुई ठाउँबाट चल्नु शिक्षा ऐन, नियमावलीको समेत विरुद्धमा भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण