नेपालमा डलरको भाउ बढ्दा कसलाई फाइदा कसलाई घाटा ?
काठमाडौं–केहि समययता लगातार रुपमा बढिरहेको डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । बिहिबारसम्म आइपुग्दा १ अमेरिकी डलरको बिक्रीदर १ सय ९ रुपियाँ २४ पैसा र खरिद दर १ सय ८ रुपियाँ ६४ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको भाउ यो उचाइसम्म पुगेको यो पहिलो पटक हो । यसअघि २०७० साल भदौ १९ गते अमेरिकी डलरको मूल्य सबैभन्दा उचाईमा अर्थात १ सय ९ रुपैयाँ ३ पैसा पुगेको थियो । किन बढ्यो डलरको भाउ ? नेपालको सन्दर्भमा अमेरिकी डलरसँग भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रामा यसको असर परेको हो । नेपाली मुद्रा भारतीय मुद्रासँग बिगत १४ बर्षदेखि स्थिर रहेकाले भारतीय मुद्रा कमजोर हुँदै गर्दा नेपाली मुद्रामा पनि त्यसको सिधा असर परेको हो । अन्तराष्ट्रिय बजारमा भने कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै चिनिया यूआनको मूल्य घट्दै गएपछि अमेरिकी अर्थतन्त्र सवल हुँदैजाँदा डलरको मूल्य बढ्दै गएको विश्लेषकहरु बताउँछन् । आयातित सामानको मूल्य बढ्यो डलरको भाउ बढेपछि नेपालमा आयात हुने धेरैजसो सामानको मूल्य बढेको छ । विशेषगरी विद्युतीय सामाग्रीहरुको मूल्यमा बढेको डलरको सोझो असर परेको छ । यस अलावा विदेशबाट आयात हुने घरायसी सामान, क्यामरा तथा सञ्चारमाध्यामका अन्य समान, सवारी साधानका पाठपुर्जा लगायतका सामानहरुको मूल्य पनि बढेको छ । सस्तोमा खरिद गरेर ल्याएको भएपनि डलरको भाउ बढेको बहानामा व्यापारीहरुले बढेको डलरको भाउ अनुसारनै सामानको मूल्य रातारात बढाएका छन् । यसरी केहि दिन अघि देखि लगातार रुपमा डलरको भाउ बढेपछि सस्तो मुल्यमा विदेशबाट समान खरिद गर्नेहरुलाई भने फाइदा पुगेको छ ।
अझै बढ्न सक्ने विश्लेषकहरुको भनाइ केहि दिनअघिदेखि बलियो बन्दै गएको अमेरिकी डलरको मूल्य अझै बढ्न सक्ने विश्लेषकहरुको भनाइ छ । विश्लेषकहरुका अनुसार नेपालमा अमिरिकी डलरको भाउ ११० रुपैयाँसम्म पुग्न सक्छ । भारतीय अर्थ्विद नितेश कुमारका अनुसार अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा अझै केहि कमजोर हुने सम्भावना प्रवल छ । उनी भन्छन्, ‘अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा अव केहि दिन मै अझ कम्जोर हुनेछ । यो बर्ष भारतीय मुद्रा डलरको तुलनामा सबैभन्दा बढि कमजोर भएको हो ।’ भारतीय मुद्रा कमजोर हुने बितिकै नेपाली मुद्रा कमजोर हुने निश्चित छ । बैदेशिक रोजगारीका लागि जानेहरुलाई फाइदा नेपाल बाट बैदेशिक रोजगारीमा जाने र डलरमा तलव थाप्नेहरुलाई डलरको भाउ बढ्नाले निकै फाइदा पुगेको छ । उनीहरुले नेपालमा पठाउने रेमिट्यान्स बढ्ने भएको छ भने नेपाली मुद्रासँग तुलना गर्दा कमाइ समेत बढेको छ । विशेषगरी विदेशमा रही घन्टाको हिसावमा तलव बुझ्नेहरुलाई यसले झन् फाइदा पुगेको देखिन्छ । ऋणमा घाटा, निर्यातमा फाइदा डलरको भाउ बढेसँगै नेपाली अर्थतन्त्र भने मारमा पर्ने विश्लेषकहरुको भनाइ छ । नेपालले विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसँग लिएको वैदेशिक ऋणको ब्याज तथा सावाको भुक्तानी गर्दा डलरमै गर्नुपर्ने हुनाले यसले नेपाली अर्थतन्त्रमा थप असर पुगेको विश्लेषकहरुको भनाइ छ । यता नेपालबाट विभिन्न बस्तु तथा सेवा निर्यात गर्ने उद्योगी व्यवसायीलाई भने डलरको भाउ बढेर फाइदा भएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण