११ करोड लागतमा सुविधा सम्पन्न बहुआयामिक हल बन्दै
दाङ–तुलसीपुर उद्योग बाणीज्य संघले दाङमै पहिलो पटक बहु–आयामिक सुविधा सम्पन्न बहुउद्देश्य सभाहलको निर्माण गर्ने तयारी गरेको छ । भएका सार्वजनिक स्थलहरु अतिक्रमण हुदै जानु र राष्ट्रिय स्तरका कार्यक्रम गर्ने स्थान नभएकाले बहुआयामिक हल निर्माणका लागि जुटेको बाणीज्य संघका अध्यक्ष बिमल रीजालले जानकारी दिए । तुलसीपुर ९ दोघरेमा रहेको बाणीज्य संघको जग्गामा ११ करोड लागतमा ७ बर्ष भित्र बहुआयामिक सभाहल निर्माण गर्ने योजना अघि सारिएको छ । सभाहल निर्माण भएमा राजनीतिक सभासम्मेलन, राष्ट्रिय स्तरका कार्यक्रम गर्न सकिने भएकाले गहनाको रुमपा पहिचान दिने संघले बताएको छ । सभाहल भित्र चिसोमा तातो, र गर्मीमा चिसो बनाउने वातावरण मैत्री व्यवस्था र सुविधा सम्पन्न कुर्सीको पनि व्यवस्था हुने बताइएको छ । राष्ट्रिय स्तरका कार्यक्रम हुदा दाङमा आर्थिक सम्वृद्धिको ढोका खुल्ने र त्यसले आर्थिक कारोबारमा वृद्धि हुने अध्यक्ष रिजालले बताए । जस अन्र्तगत बाणीज्य संघले लक्ष्य प्राप्तीका लागि आर्थिक संकलन अभियानलाई तिब्र पार्न थालेको छ । ५ करोड आर्थिक संकलन गर्ने उद्देश्य लिएर बाणीज्य संघले यहि माघ १९ देखि तुलसीपुरमा पण्डित दिनबन्धु पाख्रेललाई बोलाएर महापुरान संचालनको तयारीमा जुटेको छ । त्यस्तै एक बर्षमा अर्को औधोगीक व्यापार मेलाको आयोजना पनि गरिने बताइएको छ । ५ बर्षमा ११ करोड आर्थिक संकलन गर्ने र त्यसको २ बर्षमा भवन निर्माण गरि सक्ने तयारी गरिएको छ । महापुराणका लागि, विभिन्न समिति तथा उपसमिति गठन गरेर कामकाजलाई अघि बढाइउको छ । बाणीज्य संघले हिजो आज तुलसीपुरका उद्योगी, व्यापारी, सुरक्षाकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय र छफल गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण