शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गोपाल खड्कामाथिको गम्भीर ९ आरोप

बिहीबार, ०७ माघ २०७२, १४ : ४३
बिहीबार, ०७ माघ २०७२

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा ईन्धन वितरणमा अनियमितता र आयल निगमको व्यवस्थापन फितलो भएको ठहर गरी बुधबार आपूर्ति मन्त्रालय र आयल निगमका पदाधिकारीलाई बोलाएर ईन्धन वितरणमा भैरहेको अस्तव्यस्थता र विकृति तत्काल हटाउन निर्देशन दियो ।

आमनागरिकले अनुभुति गर्नेगरी इन्धन वितरण नभएको, पम्पमा पठाएको तेल कालोबजारी हुने गरेको, भिआईपी र अत्यावश्यक सेवाको नाममा मनपरी वितरण भएको पाईएपछि सुधारका लागि अख्तियारले दुई दिनअघि यस्तो निर्देशन दिएको थियो ।

आयोगले आयल निगमको स्टोरेजमा रहेको तेल व्यवस्थीत र आम नागरीकले अनुभुति हुनेगरी पारदर्शी बनाउन, पम्पमा ईन्धन पठाईसकेपछि आपूर्ति मन्त्रालय, विभाग वा आयल निगमले प्रत्यक्ष निगरानीमा विक्री वितरण गर्न भिआईपि र अत्यावस्यक सेवाको लागि भनेर बाँडिएको तेल पारदर्शि मापदण्ड बनाएर बाँड्ने र आयल निगमको विद्यमान व्यवस्थापन प्रभावकारी बनाउन समेत निगमलाई निर्देशन दिइसकेको छ ।

देशमा इन्धन संकट हुँदा सर्वसाधारणहरुमा तेल र ग्याँसको हाहाकार भएपनि पहुँचवालाहरु भने तोकको आधारमा जतिपनि ईन्धन पाईरहेका छन् । पहुँचको आधारमा ठूलालाई मनलाग्दी ईन्धन दिएर अनियमितता गरेको आरोप लगाईएको छ । यो कुरा अख्तियारको निर्देशनले पनि पुष्टि ग¥यो कार्यकारी निर्देशक भएर । गोपाल बहादुर खड्का आएदे धेरै त्यस्ता अनियमितता गरेका छन् । जसले आयल निगम धरासायी हुने भन्दै कर्मचारीहरु चिन्तित भएका चन् ।

खड्कामाथिको गम्भीर ९ आरोप

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा निगम संचालक समितिको निर्णय बिपरित १६ अधिकृत तथा सहायक कर्मचारीको बढुवा गरेका थिए ।

२. विभिन्न क्षेत्रमा नया टेंकर थप गर्दा प्रति टेंकर एकलाख तीन हजार लिएका थिए । नयाँ ट्यांकर थप तथा रिप्लेसमेंट,बिक्रेता नियुक्त बन्द रहेको समयमा समेत नया बिक्रेता नियुक्ति प्रक्रिया अबलम्बन गरि विभिन्न मितिमा गोप्य रुपमा तोक आदेशका भरमा प्रति बिक्रेता २० लाख सम्म लिएर नयाँ बिक्रेता नियुक्ति गर्ने गरेका छन् । यसको व्यवस्थापन निगमका निर्देशक मुकुन्द घिमिरेले मिलाएका थिए ।

३. निगमको स्वीकृत वार्षिक करार दरबन्दी भन्दा बढी ८६ राजनैतिक राप्रपाका तथा आफ्ना नातेदार कार्यकर्ता करारमा नियुक्ति गर्दा आर्थिक लाभ लिएर नियुक्त गरेको थिए ।

३. नयाँ ग्यास बुलेट खरिद प्रक्रिया अबलम्बन गर्दा प्रति बुलेट पाँच लाखसम्म रकमको बार्गेनिङ्ग गरिरहेका छन् । यसको लागि निर्देशक घिमीरेले नै लविङ्ग गरेर व्यवस्था मिलाएका छन् ।

४. वर्तमान संकटको समयमा सहज आपूर्ति गर्ने भन्दै नेपाल आयल निगमले २०७२ असोज २१ मा बिश्वब्यापी रुपमा इन्धन आपूर्तिका लागि आशय पत्र माग गरेकोमा २२ वटा कम्पनीले आशय पत्र पेश गरेका थिए । आशय पत्रमा कम्पनीले पेश गरेको पेट्रोलियम पदार्थको मूल्य आम रुपमा जानकारी समेत नदिई २०७२ असोज ३० गते राति २ बजे बिराट पेट्रोलियम लाइ इन्धन आपूर्तिको लागि स्वीकृति प्रदान गरेका थिए ।

५. बिद्यमान सार्बजनिक खरिदका कुनै कानुननै पालना नगरी इन्धनको हालको बजार मूल्य भन्दा दोब्बर मूल्य पर्ने गरि २०७२ साल कार्तिक ३ गते१५ दिनका लागि करिब सय करोड बराबरको घोटाला गर्ने नियत राख्दै भारतको सिलगुडी स्थित भारत पेट्रोलियमको रिपÞmाइनरि बाट ६६.११ रुपिया भारु पर्ने पेट्रोल१ सय ९९ रुपिया प्रति लिटर र ४९.५५ रुपिया भारु पर्ने डिजल १ सय ८७रुपिया प्रति लिटर भन्सार.भ्याट,सडक मर्मत शुल्क बाहेकमा ल्याउने सम्झौता गरे । देश जनता र निगम नै धरासायी हुने गरी २० करोड रुपिया बिराट पेट्रोलियमका नाममा प्रफर्मेन्स ग्यारेन्टी बिना दिएको, आदेश नमान्ने अधिकारीलाई समेत सरुवा गर्दै निगमका अर्थ बिभाग प्रमुख नगेन्द्र शाहको मिलेमतोमा उक्त रकम बिराटका नाममा निकासा दिएका थिए ।

६. पत्रकार सम्मेलन गरि तेलको मौज्दात सकिएकोले वितरण गर्न नसक्ने बताएको भोलि पल्ट कमिसन लिई खड्काले थानकोट डिपो प्रमुख रबिन कुमार शर्माको मिलोमतोमा ६८ हजार लिटर पेट्रोलियम पदार्थ वितरण गरेका थिए ।

७. हवाई इन्धनको आपूर्तिको लागि आफ्नै समेत लगानी भएको पेट्रोलिम्याक्स कम्पनीका संचालक प्रमोद राणा लाइ ५० करोड रुपिया दिए । कम्पनीको पर्फोर्मेंस ग्यारेन्टी बिद्यमान सार्बजनिक खरिद तथा आर्थिक सम्बन्धि प्रचलित कानुन को परिपालना नगरी मुकुन्द घिमीरेको मिलेमतोमा शक्ति केन्द्रको ठाडो आदेशमा आधा अर्ब रकम निकासा दिनु निगम डुवाउने खेल भएको कर्मचारीको आरोप छ ।

८. गत मङ्सिर ३ गते कार्यकरी निर्देशक खड्काले प्रति लिटर ५० रुपिया अतिरिक्त कमिसन लिएर काठमाडौँको हामा आयल तथा कामाख्या आयलमा खड्काले तोक आदेशमा १२ हजार लिटर डिजल भलवारी बाट ल्याउन आदेश दिएका थिए ।

९. काठमाडौँमा वितरण हुने तेलको सार्बजनिक रुपमा वितरणको जानकारी दिने उद्देश्य बाट वेबसाईटमा सार्बजनिक गर्ने निगमले बाहिरी डिपोबाट पम्पलाई तोक आदेशमा तेल ल्याउन स्वीकृति दिई उक्त तेल कालोबजारी मूल्यमा विक्री गरी कमिसन खाएको आरोप कर्मचारीको छ ।

खड्काका निकट मानिने तत्कालिन डिपो प्रमुखहरु दिनेश कुमार यादव, श्रीचन्द्र श्रेष्ठ, रविन शर्मा र प्रदिप यादव विरुद्ध प्रहरीले कार्वाही शुरु गरेपछि उनी सबैभन्दा बढी तनावमा परेको आयल निगमका कर्मचारीहरु बताउँछन् । आयल निगमको थानकोट डिपो प्रमुख शर्मा पक्राउ परेपछि अफनोसमेत पोल खुल्ने डरले खड्का कार्यालय समेत नआई बबरस्थित बबरमहल रीभिजीटेडमा एक गोप्य कोठा लिई कार्यसञ्चालन गरेका थिए । रविन शर्माविरुद्ध प्रहरीले अदालतमा पेश गरेको भिडीयो प्रमाणमा खड्काको संलग्नता भेटिने प्रसस्त प्रमाण रहेता पनि शक्तिकेन्द्रकै दवावमा खड्माथी अनुसन्धान तथा कार्वाही हुन नसकेको प्रहरी उच्च स्रोतले बतायो ।

चलखेलबाटै ठूला पदहरु हत्याउन सफल खड्काले जहिले पनि मोटो रकम नगदै बोकेर हिँड्ने गरेको स्रोत बताउँछ । उनले बोक्ने गरेको रातो ब्रिफकेशमा जहिलेपनि १० लाख नगद हुने गरेको स्रोतको दावी छ । ‘ठाउँ यस्तै हो, कतिबेला कहाँ के पर्छ ? पैसा त बोक्नै प¥यो नि ’ उनले आफ्ना निकटहरुलाई भेटमा बताएको कुरा उधृत गर्र्दै स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप