शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मोरङमा प्रहरीको गोली लागि तीनको मृत्यु

बिहीबार, ०७ माघ २०७२, १६ : ४२
बिहीबार, ०७ माघ २०७२
[caption id="attachment_27101" align="alignright" width="827"]                                                                         युवा संघको कार्यक्रमस्थल [/caption]

विराटनगर, माघ ७–मोरङको पुरानो सदरमुकाम रंगेलीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको झडपमा दुईजनाको मृत्यु भएको छ ।

एक जना महिलाको घटनास्थलमै र एक जनाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मोरङको डाइनियामा भएको झडपमा पनि एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । डाइनिया झडपमा शिवु माझीको मृत्यु भएको जनाइएको छ ।

सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले गरेको सभा बिथोल्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले चलाएको गोली लागी ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको जनाइएको छ । अन्य दुईको सनाखत हुन बाँकी छ ।

मोरङकै चोपडा घर भएकी चौधरी रंगेली बजारमा आफन्तकोमा आएकी थिइन् । स्थानीय काली मन्दिर नजिक प्रहरीको गोली लागेर चौधरीको मृत्यु भएको हो । घटनामा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । युवा संघको कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिएको थियो । तर, ओली सभामा आएनन् । एमाले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु आएका थिए । मोर्चाको विरोधका बाबजुद युवा संघले कार्यक्रम भने गरेको छ । भीडलाई नियन्त्रणमा लिएर प्रहरीले ५० राउण्डभन्दा बढी हवाइफायर र एक दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो । बुधबारदेखि नै रंगेली तनावग्रस्त थियो । मोर्चाले युवा संघको कार्यक्रम बिथोल्ने उद्देश्यले मंगलबारदेखि नै रंगेली बजार बन्द गराएको थियो । प्रहरीको गोली लागी घाइते भएका चारजनाको गम्भीर अवस्थामा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मोरङको डाइनियामा दुईवटा गाडीमा पनि मोर्चाका कार्यकर्ताले आगजनी गरेको जनाइएको छ ।

यसरी भयो घटना युवा संघको कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आउने कार्यक्रम तय भएको थियो । ओली आउने थाहा पाएलगत्तै मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका थिए । जब मोर्चाको कार्यक्रम हुने सुरसार चल्दै थियो आन्दोलनकारीहरु कार्यक्रम विथाल्न अघि बढिहाले । सोहि क्रममा प्रहरीले हस्पक्षेप गरेपछि झडप भएको थियो । कार्यक्रम स्थल र घटनास्थल नजिकै रहेको छ ।

झडपका क्रममा प्रहरीले अश्रुग्यास तथा हवाइ फायर गरेको थियो । प्रहरीले झण्डै ४० राउण्ड हवाइ फायर गरेको समेत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप