सौर्य ऊर्जा प्रणाली जडान गर्न हिमालयन बैंकले कर्जा उपलब्ध गराउने
काठमाडौं–नेपाल सरकार, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र तथा हिमालयन बैंक लिमिटेड बीच शहरी क्षेत्रको घरायसी तथा व्यावसायिक प्रयोजनका लागि सौर्य उर्जा प्रणाली जडान गर्नका निमित्त बैंकले सरल र सुलभ रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धि एक सम्झौता भएको छ ।
संझौता अनुसार बैंकले शहरी क्षेत्रमा ५०० देखि १५०० वाट सम्मको सौर्य उर्जा प्रणाली जडान गर्दा प्रति परिवार÷घरको लागि लागतको ९० प्रतिशत तथा बढीमा रु. ७ लाख सम्मको कर्जा उपलब्ध गराउनेछ । कर्जाको ब्याजदर घरायसी तर्फ २.२५ प्रतिशत र व्यावसायिक तर्फ ४.५० प्रतिशतको सहुलियत दरको हुनेछ । ५०० वाट भन्दा माथि क्षमताको सौर्य उर्जा प्रणाली जडान गर्दा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले एकमुष्ट रु. १५,००० अनुदान समेत उपलब्ध गराउनेछ । कर्जाको अवधि घरायसी तर्फ ५ वर्षको हुनेछ । कर्जाको भुक्तानी मासिक किस्ताबन्दीको आधारमा गर्न सकिने छ । यस प्रकारको कर्जा सुविधा बैंकको सम्पूर्ण शाखाहरुबाट उपलब्ध गराईने छ ।
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताल तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो सम्बन्धि संझौता पत्रमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण