शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कैलाश बिकास बैंकबीच रेमिट्यान्स सम्झौता

बिहीबार, ०७ माघ २०७२, १७ : ०८
बिहीबार, ०७ माघ २०७२

काठमाडौं–विदेशमा रहेका नेपालीले श्रम गरी आर्जन गरेको रकम बैकिङ्ग माध्यमवाट मुलुकमा रहेका निजका आफन्तहरुलाई सहज तरिकावाट उपलव्ध गराउँदैं आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. र नेपालको ‘ख’ वर्गको कैलाश बिकास बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत पठाएको पैसा कैलाश बिकास बैक लिका नेपाल अधिराज्यभरमा रहेका २६ शाखाहरूबाट समेत भुक्तानी लिन सकिने छ ।

सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र कैलाश बिकास बैंक लि.का तर्पmबाट कार्य सञ्चालन विभाग प्रमुख विमल कुमार तिमिल्सेनाले हस्ताक्षर गरे । ९ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालय मार्पmत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ४ हजार भन्दा बढी आधिकारिक स्थानीय ठाउँहरूबाट पनि सेवा लिन सकिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप