रिस साँध्न निर्बस्त्र फोटो फेसबुकमा राख्दा जेल !
दाङ–अर्कैको नामबाट फेसबुक आइडी खोलेर अस्लील तस्विर पोष्ट गर्ने एक जनालाई प्रहरीले तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ६ गोलौरा निवासी प्रकाश लामीछाने रहेको प्रहरीले बताएको छ । स्मृति शर्माको नामबाट फेसबुक आइडी खोलेर लामीछानेले राप्ती बहिरा संघकी निर्देशकलाई, ‘नेपालगंजको याक होटेलमा यस्तो हालत’ भन्दै अरु कसैको निर्बस्त्र तस्वीर पोष्ट गरेका थिए । पिडितले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले ५ गते पक्राउ गरेको थियो । रिस फेर्नका लागि अर्कैको नाममा फेसबुक खोलेर निरबस्त्र फोटो हालेको स्वीकार गरे पछि कार्बाहीका लागि तुलसीपुर प्रहरीले काठमाण्डौ पठाएको छ । महानगरिय प्रहरी परिसर टेकु काठमाडौंमा मात्रै साइवर अपराध सम्वन्धि अध्ययन र अनुसन्धान हुने भएकाले आरोपीलाई काठमान्डौ पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
विद्युतिय कारोवार ऐन २०६३ अनुसार १ लाख रुपैंया सम्म जरीवान वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । आरोपित प्रमाणित भएको खण्डमा दुबै सजाय हुन सक्ने प्रसाईले बताए । ति महिलासँग केहि समय पहिले एउटै संस्थामा काम गरेका लामीछानेले पछिल्लो समय मनमुटाव भए पछि व्यक्तिगत रिसिवि साँध्न सामाजिक संजाल मार्फत अस्लिल तस्विर सार्वजनिक गरेको प्रहरीलाई बयान दिएका छन् । उनलाई हिजो नै काठमान्डौ पठाए पनि प्रहरीले आज मात्र जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण