शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कला संस्कृतिको संरक्षण एव प्रर्वद्धन गर्न राष्ट्रिय महोत्सव

बिहीबार, ०७ माघ २०७२, १७ : ५७
बिहीबार, ०७ माघ २०७२

काठमाडौं–सल्यानमा आजबाट सल्यानी कला, साहित्य तथा संस्कृति महोत्सव २०७२ सुरु भएको छ । जिल्लामा पहिलो पटक यस प्रकारको महोत्सवको आयोजना गरिएको हो । लोपउन्मुख अवस्थामा रहेको पुराना लोक कला, संस्कृतिको जर्गेना गर्न भन्दै पहिलो पटक आयोजना गरिएको हो । सल्यानलाई राष्टिय स्तरमा पहिचान गराई लोप हुन थालेका कला साहित्य तथा संस्कृतिको संरक्षण एव प्रवद्धन आजको आवश्यकता बनेको छ । सल्याका वनगाडि, सेरेंगे( मयुर नाच), सोरठी, लहरे (पैसेरी) पञ्चबाजा, लगायतका झाँकी आज प्रर्दशन गरिएको छ । सल्यान टुडिखेलबाट सुरु भएको ¥यालीले नगरपरिक्रमा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप