तीन महिनाभन्दा बढी काजमा बस्ने कर्मचारीलाई तत्काल फिर्ता हुन निर्देशन
काठमाडौं– तीन महिनाभन्दा बढी समयसम्म काजमा बस्ने कर्मचारीले खाईपाई आएको तलब भत्तासहित अन्य सरकारी सुविधा असुल उपर गर्न सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया आगाडी बढाउने भएको छ । बिहीबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै तिन महिने काज समाप्त भएका सवै निजामती कर्मचारीलाई तत्काल पदाधिकार निकायमा फिर्ता हुन निर्देशन दिएको छ ।
मन्त्रालयले सम्वन्धित निकायको निर्णयद्वारा निजामती सेवाको पद नभएको निकायममा स्विकृत अस्थायी दरबन्दीमा एक बर्ष काम गरेका कर्मचारीलाई पनी तत्काल फिर्ता हुन निर्देशन दिएको छ । सामान्य प्रशासन मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ काजको अवधी नकिटीएको वा अर्को ब्यवस्था नभएसम्मको लागी यस मन्त्रालय वा तहाँ निकायबाट काज खटाएका कर्मचारीलाई तत्काल पदाधिकार निकायमा काज फिर्ता गर्ने ।’
काज फिर्ता गर्ने ब्यवस्था प्रभावकारी रुपमा लागु गरी निजामती सेवा ऐन २०४९ तथा निजवामती सेवा नियमावली २०५० अनुसार सम्वन्धीत निकायको प्रमुख प्रशासकीय अधिकारीलाई सात दिन भित्र कार्य सम्पन्न गरी सामान्य प्रशासनलाई जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै काज फिर्ता गर्ने निर्णय कार्यान्वयन गराउँदा कार्य सम्पादन र सेवा प्रवाहमा बाधा हुने भएमा कर्मचारकिो काज फिर्ताको पत्र र कार्यसम्पादन गर्न आवश्यक कर्मचारीको माग पत्र सामान्य प्रशासन मन्त्रालयलाई पठाउन समेत आग्रह गरिएको छ ।
त्यस्तै भुकम्पबाट अति प्रभावित जिल्लाहरुको स्थानिय गाविस स्तरमा कार्यरत कर्मचारीलाई स्थानीय स्तरमा पदस्थापन हुने गरी ब्यवस्थापन गर्न मन्त्रालयले सम्वन्धीत सवैलाई दिर्नेशन दिएको छ ।
यसअघी पटक–पटक ताकेता गर्दा पनी कतिपय निकायबाट काज फिर्ता गर्न आलटाल गरेको भन्दै सामान्य प्रशासन मन्त्रालयले तिन महिनाको म्याद दिएको जानकारी संसदको राज्य ब्यवस्था र विकास समितीमा समेत पठाईएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो निर्णयलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत जानकारी गराईने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण