शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चार मन्त्री निगमको थानकोट डिपोमा, निगमले वितरण प्रणाली प्रभावकारी बनाउने

शनिबार, ०९ माघ २०७२, ०० : २१
शनिबार, ०९ माघ २०७२

काठमाडौँ– बजारमा पेट्रोलियम पदार्थको अभाव खड्किएका बेला नेपाल सरकारका चार मन्त्री शुक्रबार नेपाल आयल निगमको थानकोटस्थित डिपोको आकस्मिक निरीक्षणका लागि पुगेका छन् । निगमको मौज्दात क्षमता र वितरण प्रणालीलाई सुधार्ने उपायबारे जानकारी लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन र जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान साँझ निगमको थानकोट डिपोबारे जानकारी दिन त्यहाँ पुगेको बताइएको छ । निरीक्षणका क्रममा निगमको मुख्य डिपो थानकोटमा कति इन्धन मौज्दात रहेको र वितरण प्रणालीमा केही सुधार गर्न सकिन्छ कि भनेर सबै मन्त्रीले जिज्ञासा राखेकामे निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले बताए । “अहिले कति इन्धन छ, कति दिनलाई वितरण गर्न पुग्छ, वितरण प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरुले जिज्ञासा राख्नुभयो र आवश्यक निर्देशन दिएपछि लेखेर पठाउने भन्नुभएको छ”– उनले भने ।

रक्सौल बाहेकका विभिन्न सीमा नाकाबाट नियमितजसो इन्धन र केही ग्यासका बुलेट आइरहे पनि बजारमा विद्यमान अभावलाई ध्यानमा राखी निगमले वितरण प्रणालीलाई प्रभावकारी बनाउने भएको छ । सो अनुरुप निगमले काठमाडौँ उपत्यका बाहिरका पम्पमा जम्मा भएका इन्धनलाई उपत्यकामा भित्र्याएर वितरण प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । प्रवक्ता घिमिरेले ग्यास वितरणमा अझै समस्या रहे पनि पेट्रोलियम पदार्थ वितरणलाई केही सहज बनाउन दुई दिनभित्र उपत्यका बाहिरका इन्धन भित्र्याएर वितरणमा सुधार ल्याइने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप