शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संसद जारी , मधेसी मोर्चाका सांसदद्वारा नाराबाजी

शनिबार, ०९ माघ २०७२, २१ : ०५
शनिबार, ०९ माघ २०७२
काठमाडौँ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले व्यवस्थापिका–संसद्को आजको बैठकमा रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चा आबद्ध सांसदहरुले आआफ्नो स्थानबाट उठेर विरोध जनाए । सभामुख घर्तीले विरोधमा उभिएकामध्ये तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लालाई बोल्ने समय प्रदान गरिन् । सांसद शुक्लाले प्रमुख तीन राजनीतिक दलसंग भएको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकेको भन्दै पछिल्लो दिनमा मोरङको रङ्गेलीको घटनाले आफूहरुलाई सशङ्कित बनाएको बताए । प्रमुख तीन दलका तर्फबाट अगाडि बढाइएको संविधान संशोधन प्रस्तावले आफूहरुको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गर्दै संशोधन प्रस्ताव हात्तीको देखाउने दाँतमात्रै भएको आरोप उनले नगए । तराई मधेसको आन्दोलनलाई बदनाम गराउन खोजिएको भन्दै उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी नेपाल सम्बद्ध सांसदहरुले नाराबाजी गर्ने बताए । उनले आफ्नो धारणा राखिसकेपछि तराई मधेस केन्द्रित दलका सांसदहरुले सभामुख घर्तीको आशन अगाडि पुगेर नाराबाजी सुरु गरे । यस्तै, सङ्घीय सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले पनि संविधान संशोधन प्रक्रियामा आफ्नो असहमति भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप