शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संशोधन विधेयक पारित भएसँगै मोर्चाले भन्यो– फेरि जबर्जस्ती भयो

आइतबार, १० माघ २०७२, ०२ : २१
आइतबार, १० माघ २०७२

काठमाडौं– व्यवस्थापिका–संसद्ले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ लाई पारित गरेसँगै तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फेरि जर्बजस्ती भएको टिप्प्णी गरेको छ ।

आन्दोलनरत दलका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा आफूहरुलाई संलग्न नगराइएको र संविधान जसरी जबर्जस्ती जारी गरिएको थियो, सोही प्रक्रिया अपनाएर संशोधन गरिएको आरोप लगाए ।

ंसदबाट संविधान संसोधन पारित भएसँगै प्रतिक्रिया दिँदै उनले भने – “संविधान संशोधनमा चार÷पाँच दलको मात्रै सहमति हो, हाम्रो सहमति छैन । हामीले रोस्ट्रम घे¥यौँ, रोस्टम घेरिँदा संसद् अवरुद्ध हुन्छ । त्यो परम्परालाई पनि तोडियो । जुन प्रक्रियाबाट जबर्जस्ती रुपमा संविधान जारी गरिएको थियो, संशोधनमा पनि सोही तरिका अपनाइयो । हामी यसलाई मान्दैनौँ ।”

उनले संविधान संशोधन विधेयकमा जुन विषय समावेश गरिएको छ त्यसमा आफूहरुको कुनै पनि माग सम्बोधन नभएकाले त्यसलाई नमान्ने र आन्दोलन जारी रहने प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप