शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सहारा क्लबद्वारा युनाइटेड सिक्किम एफसी भारत पराजित

आइतबार, १० माघ २०७२, ०२ : ५३
आइतबार, १० माघ २०७२
पोखरा– सहारा क्लबद्वारा पोखरा रङ्गशालामा भइरहेको १४औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा सहारा क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई २–० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । आजबाट सुरु भएको क्वार्टर फाइनलको पहिलो खेलमा सहारा क्लबका तर्फबाट खेलको ५९औँ मिनेटमा क्लबका एलबिस र ८८आँै मिनेटमा शिव सुवेदीले १–१ गोल गरी टिमलाई विजयी बनाएका थिए । आजको खेल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ््दी क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिमबीच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप