बँदेलको आक्रमणबाट चितवनमा छ जना घाइते
आइतबार, १० माघ २०७२, ०३ : ००
चितवन– पश्चिम चितवनमा बँदेलको आक्रमणबाट छजना घाइते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बँदेलले आक्रमण गर्दा शनिबार जगतपुरका छजना स्थानीयवासी घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
जगतपुरको ध्रुव भन्ने गाउँमा बँदेल आएर आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । घाइते हुनेमा नारायणी नगरपालिकाका सोमबादुर थिङ, राजकुमार कार्की, कमल गौतम, चीन विक, शिव बास्तोला, मनिराम दराई रहेका छन् ।
घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बँदेलको आक्रमणबाट कमल गौतम र चीन विकको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बिहान ११ बजेतिर बस्ती पसेको बँदेललाई स्थानीयवासी प्रदीप भट्टको घरमा थुनेर राखिएको र साँझ प्राविधिक टोलीले निकुञ्जमा लगेर छाडेको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण