नयाँ ट्याक्सी दर्ताका लागि गोलाप्रथाबाट ५०० जना छानिए (नामावलीसहित)
आइतबार, १० माघ २०७२, ०४ : ०७
काठमाडौं– यातायात व्यवस्था कार्यालय बागमतीमा साना ठुला सवारी अन्तर्गत नयाँ ट्याक्सी दर्तामा परेका ६ हजारबढी आवेदनमध्येबाट ५०० थान ट्याक्सी गोलाप्रथाबाट चयन गरिएको छ ।
स्वरोजगार मजदुर तर्फ ट्याक्सी दर्ताका लागि परेको ६२५३ जना आवेदनकर्ताहरु मध्येवाट कोटा अनुसारको ५०० थान ट्याक्सी गोलाप्रथा प्रकृयावाट छनौट गरिएको विभागका प्रवक्ता एबम् निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।
शनिबार ललितपुरको च्यासल स्थित फुटवल स्टेडियममा तीन घण्टासम्म चलेको छनौट प्रक्रियाबाट ५०० ट्याक्सीको टुंगो लगाइएको उनले बताए ।
उक्त कार्यक्रममा उपभोक्ता संग सम्वन्धित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको रोहवरमा नेपाल अन्धा कल्याण संघका ५ जना दृष्टि विहिन सदस्यहरुले ट्याक्सी चिठ्ठा / गोलाप्रथा गर्न सहयोग गरेका थिए ।
छनौट भएका ५०० जना आवेदनकर्ताहरुले २०७३ अषाढ मसान्त भित्रमा आफनो नाममा टयाक्सी दर्ता गरि सक्नु पर्ने छ ।
नयाँ ट्याक्सी दर्ताका लागि छानिएकाहरुको नावावली यहाँबाट हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण