शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

थाइल्याण्डमा उपचाररत अनन्तको डिस्चार्ज, तत्काल नेपाल नफर्कने

आइतबार, १० माघ २०७२, ०४ : ०३
आइतबार, १० माघ २०७२

काठमाडौं– थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत एमाओवादी सचिव वर्षमान पुन अनन्तको डिस्चार्ज भएको छ ।

अस्पताल भर्ना भएको ४५ दिनपछि स्वास्थ्यमा सुधार आएपछि उनीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

भारतको मेदान्त अस्पतालमा उपचारपछि नेपाल फर्किएका उनको स्वास्थ्यमा थप समस्या देखिएपछि २१ मंसिरमा थप उपचारका लागि बैंकक लगिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भए पनि अनन्त तत्काल स्वदेश नफर्किने भएका छन् । फ्लोअपका लागि केहीं दिन बैंककमै बस्नुपर्ने भएकाले तत्काल स्वदेश नफर्किने थाइल्याण्डमा रहेका अनन्तका सहयोगी चन्द्र घर्तीमगरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप