डिजल र पेट्रोलको कुपन बाँड्न व्यस्त प्रशासन, पहुँचवालाई मात्रै कुपन
कावासोती – ‘नियमित तेल हाल्नेको लाईनजस्तै कुपनको तेल हाल्नेको पनि लाईन लामै हुन्छ’ नवलपरासीको कावासोती स्थित एक पेट्रोल पम्पका कर्मचारीले भने , ‘ पहिले केही संख्यामा आउँथे अहिले थुप्रैले कुपन लिएर आउने गरेका छन् । ’ उनले भनेजस्तै नवलपरासीको कावासोतीमा रहेको ईलाका प्रशासन कार्यालयबाट तेलका लागि कुपन लिनेको संख्या दिनानुदिन बढेको छ ।
पछिलो केही महिना देखिनै ईलाका प्रशाासन कार्यलयमा रहेको कुपन लिनेको भिड आईतबार पनि अनौठोरुप रहेको थियो । प्रशासन कार्यलयको आगाडी पार्किङमा राखिएका मोटरसाईकल र साना गाडिबाटै भित्रको भीड अनुमान गर्न सकिन्थ्यो । ईलाका प्रशासन कार्यलय कावासोतीको दुई वटा कोठा डिजल र पेट्रोल लिनेहरुको भिडले ढाकिएको थियो । ईलाका प्रशासन कार्यलय कावासोतीमा मुख्यतः नेपाली नागरिकता बनाउने र राहदानी बनाउने उद्देश्यले सेवाग्राही जाने गर्छन् । सेवाग्राहीलाई नागरिकता र राहदानी लगायतका सेवा दिने ईलाका प्रशासन कायलय कावासोती डिजल र पेट्रोलको कुपनमा ब्यस्त छ ।
नागरिकता र राहदानीका सेवाग्रााहीभन्दा प्रशासनले दिने तेलको कुपन लिन जानेहरुको संख्या धेरै छ । कुपन लिने आउनेको भिड देखेर प्रशासनका कर्मचारी पनि यो तेलको झमेला चाँडै अन्त्य होस् भने चाहन्छन् । यतिबेला फाँटका कर्मचारीलाई भ्याईनभ्याई हुने गरेको छ । कुपन लिनेहरुको भीडमा राहदानी र नागरिकता बनाउनेहरु हराउने गरेका छन् । प्रशासनले नियमित रुपमा गर्नुपर्ने काममा धक्का पुगेको छ । पछिलो समय कावासोतीको ईलाका प्रशासन कार्यलयका कार्यलय सहायक टिकाराम वाग्ले सहित ३÷४ जना कर्मचारीहरु कुपन व्यवस्थापनमा खटिने गरेकाले नियमित कामकारर्बाही प्रभाबित भएको कर्मचारीहरुले बताएका छन् ।
तेल लिन आउने भिडका कारण नागरिकता पासपोर्ट लगायतका सेवा लिन आउने सेवागााहिलाई ठुलो असर परेको सेवाग्राहिहरुले गुनासो गरेका छन् । कार्यालयले तेल बितरण प्रक्रियालाई थप ब्यवस्थीत बनाउन आवस्यक रहेको सेवाग्राहीले बताएका छन् । तेल बितरणको जिम्मा बिषयगत कार्यालयलाई दिन सके केहि हदसम्म समस्या समाधान हुने उनिहरुको भनाई छ । नवलपुर क्षेत्रको शान्ति सुरक्षाको ब्यवस्थामा खटिएको ईलाका प्रहरी कार्यलयका केही प्रहरीहरु पनि तेल आएको दिन शान्ति सुरक्षा भन्दा पनि तेल बाढ्ने ठाउमा लाईन मिलाउँदै जान्छ । जिल्लाको कावासोती क्षेत्रमा तेल वितरण भएको दिन ईलाका प्रशासन कार्यलयमा अघिपछिको भन्दा धेरै भीड लाग्ने गरेको छ । ‘कुपन पहुच भएकालाई मात्र’ ईलाका प्रशासन कार्यालय कावासोतीले वितरण गरेको तेलको कुपन दुरुपयोग भएको पाईएको छ । अत्यावश्यक सेवाको लागी भनेर मौजात राखेको तेल वितरण गर्दा लक्षित वर्गले भन्दा पनि आफनो पहुच भएका र फुसदिला मान्छेहरुले मात्रै पाउने गरेको गुनासो बढेको छ । प्रशासन कार्यालयले तेल वितरण गर्न थालेदेखि केहि मान्छेको दैनिक धन्दा नै प्रशासन कार्यालय धाउने र कुपन बोकेर जाने भएको ईलाका प्रशासन कार्यलय कावासोतीका केही कर्मचारीहरुले बताएका छन् । एउटै मान्छेले पटक–पटक एक भन्दा बढि लेटर प्याड प्रयोग गरी तेल लाने गरेको उनिहरुले जानकारि दिए । कार्यालयमा बिनाकामका मान्छेहरु समेत घण्टौ धाएर तेल लिनका लागी लाईन बसेको उनिहरुको भनाई छ । कार्यालयमा अधिक भिड हुदा व्यवस्थित तवरले तेल बितरण गर्न नसकिएकोले लक्षित वर्गले त्यो सेवा पाउन नसकेको उनिहरुले बताए । बजारमा तेल बितरण भएको दिन प्रशासन कार्यालयमा कुपन लिन धाउनेहरुको जात्रानै लाग्ने गरेको छ । जुन भिडलाई ब्यवस्थीत गर्न प्रशासन कार्यालयले प्रहरी परिचालन समेत गर्न बाध्य भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण