बुद्ध एयर र बंगलादेशको नोभोएयरबीच विमान मर्मत सम्झौता, बुद्ध एयरका दुई इन्जिनियर बंगलादेशमै खटिने
सोमबार, ११ माघ २०७२, १० : २४
काठमाडौँ - नेपालको बुद्ध एयर र बंगलादेशको नोभो एयरबीच विमान मर्मतसम्भार सम्झौता भएको छ । त्रिभुमवन अन्तराष्ट्रिय विमानस्थलभित्र बुद्ध एयरको ह्यांगरमा आयोजित समारोहका अवसरमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र नोभोएयरका प्रवन्ध निर्देशक मोफिजुर रहमानले सर्मतसम्भारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
नोभोएयर बंगलादेशको नीजि क्षेत्रबाट संचालिन वायु सेवा कम्पनी हो । यसले आन्तरिकका साथै म्यानमारको यंयुन पनि उडान भरिरहेको छ । यससाग तनिओटा ईआरजे–१४५ र हालै तीनओटा एटीआर–७२–५०० जहाज सञ्चालनमा छ । यसले निकट भविवष्यमै थप दुई ओटा एटीआर–७२–५०० जहाज भित्र्याउन लागेको छ ।
सम्झौतापत्र अनुसरा बुद्ध एयरले नोभोएयरको एटीआर–७२–५०० जहाजको सम्पूर्ण सर्मतसम्भार गर्नेछ । यसका लागि बुद्ध एयरका दुईजना इन्जिनियर बंगलादेशमै खटिनेछन् । ठूल्ठूला मर्मत सम्भार गर्नुपरे जहाज नेपाल ल्याइनेछ । नोभोएयरले विमान उडानका लागि बुद्ध एयरका क्याप्टेन तथा सहचालकहरुको सेवासम्बन्धी समझदारीमा पनि हस्ताक्षर गर्ने भएको छ । बुद्ध एयरले यसका लागि हरेक तीन तीन महिनामा २ क्याप्टेन तथा २ सहचालकको टीम पठाउने छ ।
नोभोएयरको जहाज मर्मत सम्भार गर्न बंगलादेशको उड्ययन प्राधिकरणले बुद्ध एयरलाई मान्यता दिइसकेको छ ।
सम्झौतपछि अब जहाज मर्मतसम्भारबाट पनि नेपालमा विदेशी मुद्रा भित्रिने र नेपाली जनशक्तिले थप रोजगारीको अवसर पाउने विस्वास बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेतले व्यक्त गरे । निर्देशक बस्नेतले भने, ‘यस्तो खालको सम्झौत सम्भवतः मुलुकको पहिलो नै हो । यसले जहाज मर्मतसम्भारबाट पनि विदेशी मुद्रा ार्जन गर्न सकिने र थप रोजगारी सिर्जना गर्ने बोटो पहिल्याएको छ ।’ नीजि क्षेत्रको माध्यमबाट अन्तराष्ट्रिय सम्बन्ध विस्तार गरि राष्ट्रिय अर्थतन्त्रलाई समेत टेवा पुर्याउने अवसर पाउनु निर्देशक बस्नेतले राष्ट्रिय गौरबकै विषय भएको बताए ।
बस्नेतले दुई देशका दुई विमानसेवाबीच यस्तो सम्बन्ध विस्तार गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र नेपाल नागरिक उड्ययन प्राधिकरणले अत्यन्तै हौसलापूर्ण सहयोग गरेको पनि सुनाए ।
यसैगरि नोभोएयरका प्रवन्ध निर्देशक रहमानले सम्झौताबाट हवाई सेवालाई सुरक्षित बनाउनुका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने आशा व्यक्त गरे ।
बुद्ध एयरको ह्यांगर अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसी–विश्व बैंकको ऋणसहयोगमा निर्माण गरिएको हो ।
ह्यांगरभित्र एकैसाथ एटीआर–७२–५०० एउटा र अन्य दुई साना जहाजको मर्मतसम्भार गर्न सकिन्छ ।
बुद्ध एयरले जहाज मर्मत सम्भार गर्ने इन्जिनियरलाई आवश्यकताअनुसार तालिमको लागि थाईल्याण्ड, सिंगापुर, युरोप, अमेरिकालगायत मुलुक पठाउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण