सुदूरपश्चिममा दुई लाख ७२ हजार लिटर इन्धन
सोमबार, ११ माघ २०७२, १० : ३७
भीमदत्तनगर– जिल्ला प्रशासन कार्यालय कैलालीको रोहबरमा आइतबार धनगढीमा दुई लाख ७२ हजार लिटर इन्धन वितरण गरिएको छ ।
कैलाली जिल्लाको इन्धन आपूर्ति व्यवस्थापन समितिले दिएको जानकारीअनुसार दुई लाख ३२ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल वितरण गरिएको हो ।
दुई लाख ३२ हजार डिजेलमध्ये कैलालीको राजमार्ग क्षेत्रका लागि १२ आयल स्टोरलाई ४९ हजार लिटर डिजेल पठाइएको छ । त्यस्तै, धनगढी—अत्तरियाका लागि एक लाख सात हजार लिटर डिजेल वितरण गरिएको छ ।
कञ्चनपुरको भीमदत्तनगर र बेलौरीका १३ पम्पहरूलाई ५२ हजार लिटर डिजेल वितरण गरिएको छ । यस्तै, धनगढी र भीमदत्तनगरका लागि २० हजार लिटर पेट्रोलसमेत वितरण गरिएको प्रशासनको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
पहाडी जिल्लाका लागि डडेल्धुराको उग्रतारा र दार्चुलाको बालिचन आयल स्टोरलाई समान १२ हजार लिटर डिजेल पठाइएको छ । यस क्षेत्रका विकास निर्माणका कार्यलाई अघि बढाउन निर्माण कम्पनीहरूलाई समेत इन्धन उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण