शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मध्यरातमा ट्रक आपसमा ठोक्कियो, चालकको मृत्यु

सोमबार, ११ माघ २०७२, १० : ३९
सोमबार, ११ माघ २०७२

विराटनगर– मोरङबाट पश्चिमतर्फ जाँदै गरेका दुईवटा ट्रक गएराति एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक सिन्धुली लगावी–३ का २६ वर्षीय हरि कार्की रहेका छन् । सुनसरीको इनरुवा सखुवागाछी–९ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ना ३ ख २५२७ नंको ट्रकलाई सोही दिशामा गइरहेको ना ५ ख ६१३८ नंको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । अर्का ट्रक चालक सिन्धुली ताप्लेखोलाका प्रवीण मगर गम्भीर घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप