हराएका २६ महिला खोज्न प्रहरीको सक्रियता
सोमबार, ११ माघ २०७२, १० : ५४
म्याग्दी– पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुससम्मको नौ महिनाको अवधिमा हराएका २६ जना महिलाको खोजी कार्यका लागि म्याग्दी प्रहरी जुटेको छ ।
‘म्याग्दीबाट नौ महिनाको अवधिमा २६ जना महिला सम्पर्कविहीन’ शीर्षकको समाचार प्रकाशित भएपछि म्याग्दीमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको हो ।
केही दिनअघि म्याग्दीको चिमखोलाकी २४ वर्षीया छविना तिलिजासहित चारजना युवतीलाई दलालले भारत लैजाँदै गर्दा कञ्चनपुरबाट उद्धार गरिएको थियो । भारतका विभिन्न होटल तथा त्यहाँबाट खाडी र रोजगारका लागि विभिन्न देशमा आकर्षक तलब सुविधाको प्रलोभनमा ग्रामीण क्षेत्रबाट युवती धमाधम जान थालेपछि म्याग्दी जिल्लासमेत मानव तस्करको रोजाईमा परेको प्रहरीले बताएको छ ।
खुल्ला सीमा क्षेत्रबाट तेस्रो मुलुक जाँदा सहज र सस्तो हुने भन्दै युवती र महिलालाई दलालले प्रलोभनमा पार्ने गरेको प्रहरीको अनुमान छ । “रोकाको केसलाई अनुसन्धान गरिरहेका छौँ । महिलाहरू हराएको सूचना धेरै भएकाले पनि तस्करको फन्दामा परेको हुनसक्छ” – प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले भने–“हराएका महिलाको खोजी कार्यका लागि प्रहरीले अभियान चलाएको छ ।”
प्रनाउ खड्काले वैदेशिक रोजगारप्रति आकर्षित जिल्लाका रूपमा म्याग्दीलाई चिनिने र बर्सेनि हजारौँ युवा विदेशिइरहेकाले पनि दलालहरूले गलत माध्यमको प्रयोग गरी देशबाहिर लैजान सक्ने सम्भावना भएको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण