भारतले किन गर्यो नेपाली सवारीसाधन प्रवेशमा कडाई ?
वीरगन्ज – भारतले नेपाली सवारी सधानको भारत प्रवेशमा सोमबार देखि कडाइ गरेको छ । बिना रोकटोक सीमावर्ती शहरहरुमा सहज रुपमा आउजाउ गर्दै आएका नेपाली सवारी साधनहरु आज देखि भने भारतीय कस्टमको प्रवेश अनुमति पत्र अर्थात अस्थायी पास लिएर मात्र भारत जान पाउने भएका छन् ।
भारत सरकारले नेपाली नम्बरका मोटरसाइकल लगायतका सवारी साधन एक दिनका लागि प्रवेश गर्दा पनि प्रवेश अनुमति अनिवार्य गरिदिएको हो । रक्सौलसहित नेपाल भारतका २३ वटा व्यपारिक नाकामा यो नियम आज देखि लागु गरिएको रक्सौल कस्टमका एसिस्टेन्ट कमीश्नर कमलेश कुमारले बताए । बिहार पटनाको सीमा शुल्क विभागले गत डिसेम्बर २९ तारिखमा जारी गरेको पब्लिक नोटिस अनुसार जनवरी २५ तारिख अर्थात आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल कस्टमले जनाएको छ । नेपाली नम्बर प्लेटका मोटरसाइकल लगायतका सवारी साधन सीमावर्ती भारतीय शहरमा एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा कस्टमबाट प्रवेश अनुमति पत्र अर्थात अस्थायी पास लिनु पर्नेछ । कस्टमबाट अस्थायी पास लिएका नेपाली सवारीसाधन तीन किलोमिटर भित्र सम्मको भारतीय भूमीमा मात्र आउजाउ गर्न पाउने छन् । अस्थायी पास रक्सौल कस्टमको चेक प्वाइन्टबाट निशुल्क उपलब्ध गराइने रक्सौल कस्टमका एसिस्टेन्ट कमीश्नर कमलेश कुमारले रातोपाटीलाई बताए ।
अस्थायी पास लिएर भारतमा भित्रिएका नेपाली सवारी साधनले फर्कदा रक्सौल कस्टममा पास फिर्ता गर्नु पर्ने रक्सौल कस्टमका सुचना अधिकारी अभिषेक कमलले बताए । तीन किलोमिटर भन्दा बढिको दूरी र एक दिन भन्दा बढि अवधीको यात्रा गर्नु परेको खण्डमा भने वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासबाट प्रवेश अनुमित पत्र लिनु पर्ने रक्सौल कस्टमले जनाएको छ । सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यस्थित पार्नका लागि अस्थायी पासको नियम लागु गरिएको रक्सौल कस्टमका मिडिया प्रभारी अभिषेक कमलले बताए । खासगरि सीमा आरपार हुने अपराधिक गतिविधी र तस्करीलाइ नियन्त्रण गर्न यो नियम लागु गरिएको उनले बताए । पास नलिई भारत प्रवेश गरेको भेटिएमा नेपाली सवारी जफत समेत गरिने रक्सौल कस्टमका अधिकारीले बताएका छन् ।
छोटी नाका र ग्रामीण भेगका नकाबाट सीमावर्ती भारतीय शहर वा गााउमा जान चाहने नेपाली नम्बर प्लेटका सवारी साधनले पनि रक्सौल कस्टमबाटै अस्थायी पास लिनु पर्ने भारतीय अधिकारीले बताएका छन् । ‘ग्रामीण नाकाहरुमा प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था गरिएको छैन’ , रक्सौल कस्टमका सुचना अधिकारी अभिषेक कमलले भने ,‘इन्ट्री प्वाइन्ट राखिएको रक्सौल नाकाबाट मात्रै प्रवेश पास उपलब्ध हुन्छ ।’ भारतले लागु गरेको नयाा नियमले दैनिक उपभोग्य वस्तु किनमेल र आफन्त भेटघाटका लागि सीमावर्ती भारतीय शहर र गााउमा जाने नेपालीहरुलाइ समस्या हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण