देवघाट क्षेत्र विकास समितिको लापरबाहीले कुरुप बन्यो स्थानघाट
सोमबार, ११ माघ २०७२, १३ : ३०
चितवन–देवघाट क्षेत्रबिकास समितिको लापरबाहिका कारण देवघाट बेडी संगम स्थीत स्नानघाट प्रदुषित बनेको छ । माघे संक्रान्ति मेलामा भक्तजनहरुले फालेको फोहोरको ब्यवस्थापन गर्न नसक्दा देवघाट स्थीत बेणि संगम क्षेत्र प्रदुसित बनेको हो ।
मेला सकिएको दुईसाता सम्म पनि क्षेत्रबिकास समितिले नदि किनार र सो क्षेत्रमा फालिएका प्लास्टिक र अन्य फोहोरहरुको ब्यवस्थापन गर्न सकेको छैन् । जसकारण सो क्षेत्र पुरै फोहोर र दुगन्धित बन्दै गएको भक्तजन देबि अधिकारीले बताए ।
मेलामा आएका लाखौ भक्तजनले फालेको फोहोरका कारण नदी पुरै प्रदुषित भएकाले स्थानिय बृद्ध बृद्धाहरुलाई स्नानको लागी समेत समस्या भएको उनी बताउछन् ।
यहि अवस्थामा कुनै नयाँ पर्यटक देवघाट पुगे उसको मनमा देवघाट प्रति नकारात्मक भावना जाग्रित हुने उनको भनाई छ ।
यस्तो पवित्र स्थानलाई फोहोर बनाएर सभ्य समाजको कल्पना गर्न नसकिने उनी बताउछन् ।
पर्साद खाएर फालेका फोहोर तथा त्यहा कर्मकाण्ड गर्न आएका भक्तजनहरुले फालेको फोहोरका कारण यतिबेला सो क्षेत्र निकै कुरुप देखिएको छ ।
नदि परिसरमा सालका पात, दुना, टपरी, पलास्टिकका झोला, प्लास्टिकका बोत्तल थोत्रा कपडा तथा पकाइएको अन्न जताततै फालेको देख्न सकिन्छ । त्यस्तै मेला अघि क्षेत्रबिकास समितिले भक्तजनको सुरक्षाका लागी नदिमा लगाएको डोरी समेत हटाएको छैन् । जुन डोरीमा स्थानिय बाल बालिकाहरु झुण्डिएरमाअर्को दुघटना हुन सक्ने सम्भावना समेत रहेको स्थानियहरु बताउछन् ।
पार्किङको नाममा साईकलको समेत पैसा उठाउने , मेला अवधिमा बाटो समेत बेचेर ब्यापारी बाट पैसा असुल्ने क्षेत्रबिकास समितिले मेला सकिएको यत्तिका समय सम्म पनि फोहोर उठाउन नसक्नु दुखद भएको स्थानियहरु बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण