ई–रिक्सा चलाएर विदेशको जत्तिकै कमाई
जलेश्वर –जलेश्वर ५ का मुन्ना पासमान २०१४ मा कतारवाट ३० महिना कमाएर फर्केका युवा हुन् ।
कतारमा लेवरको काम गरेर १४ देखि १५ हजार बचाउने गरेका उनले स्वदेशमै ३० हजारको हाराहारीमा मासिक कमाउँछन् । जसमध्ये करिब २० हजारको मासिक ऋण तिरेर १० हजारले घरपरिवार चलाउँछन् ।
स्वदेश फर्किएको करिव एक वर्ष त्यसै बिताएका उनलाई फेरिपनि विदेश जान घरपरिवारवाट दवाव आईरहेको वेला साथीहरुको सल्लाहमा दुई लाख पचासी हजारमा उनले ई रिक्सा किने र अहिले दैनिक हजार रुपयाको हाराहारीमा कमाउछन् । गत वर्ष नै विहे गरेका उनको एउटा छोरा पनि छ । आमा वुवाको दोस्रो सन्तान उनका जम्मा ६ भाईबहिनी छन् । बुबासमेत वैदेशिक रोजगारमा रहेका उनले फर्केपछि वुवालाई समेत यहि काम गर्न आग्रह गर्ने बताउँछन् । उनी जस्तै महोत्तरीका विभिन्न शहर तथा गाउमा कृषी,फर्म,पसल,उद्योग आदी खोलेर वसेका विदेशवाट फर्केका युवाहरु भने विदेश भन्दा स्वदेशकै कमाई राम्रो रहेको बताउँछन् ।
उनी जस्तै जलेश्वरमा ईरिक्सा चलाउने युवा्हरु दर्जन भन्दा माथी छन् । सो मध्ये धेरै वैदेशिक रोजगारवाट फर्केकाहरु हुन् । ई रिक्सामा कमाई राम्रो भएपनि खरिद गर्दा महंगो मुल्य तिर्नु पर्ने,साहुको चर्को व्याज र खराव सडकले भने वचत भने जति हुन नसकेको रिक्सा चालकहरु वताउछन् । साथै खराव सडकका कारण व्याट्री चाडै सकिने समस्याहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण