संविधान संशोधनको थारुवान संघर्ष समितिद्वारा विरोध, आन्दोलन थप चर्काउने चेतावनी
काठमाडौं– संविधान र सीमांकनको विरोधमा लामो समयदेखि आन्दोलनरत थरुहट– थारुवान संयुक्त संघर्ष समितिले संविधान संशोधनबाट आफूहरुको माग पूरा नभएको बताएको छ ।
समितिका संयोजक धनिराम चौधरीले एक विज्ञप्ती जारी गर्दै संविधान संशोधले थारु र थरुहट आन्दोलनको मूल मर्म र मागलाई संबोधन गरेको नगरेको बताएका हुन् ।
विज्ञप्तीमा थरुहट/थारुवान संयुक्त संघर्ष समिति औपचारिक रुपमा सरकार र प्रमुख राजनीतिक पार्टीहरु संग वार्ता चलिरहेको अवस्थामा एकतर्फि ढंगले दुई तिहाई बहुमतको बलमा संवाद र सहमति नगरी संशोधन गरिनु अलोकतान्त्रिक भएको दाबी गरिएको छ ।
समितिले आफूहरुले राखेको १३ बुँदे मागहरुका बारेमा अविलम्ब संवाद, सहमति गर्दै सो को आधारमा संविधान संशोधन गर्न माग गरेको छ । अन्यथा , आन्दोलन थप सशक्त पार्ने चेतावनी दिइएको छ ।
समितिले थरुहट तराईमा जारी सवैधानिक एवम् शान्तिपूर्ण आन्दोलनमा सरकार र प्रहरी प्रशासनद्धारा भईरहेको हत्या, हिंसा, दमन, अविलम्ब बन्द गर्दै सम्पूर्ण झुट्ठा मुद्धा फिर्ता गरी बन्दी रिहाईको माग समेत गरेको छ ।
शनिबार बसेको संसद बैठकले दुई तिहाई बहुमतद्धारा नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक २०७२ को समानुपातिक समावेशी सम्बन्धी धारा ४२ को उपधारा (१), निर्वाचन क्षेत्र सम्बन्धी धारा ८४ र २८४ को उपधारा (१) र (५) लाई संशोधन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण