डा. गोविन्द केसीलाई अनसन नबस्न शिक्षामन्त्रीको आग्रह
काठमाडौं– सोमबार साँझबाट अनसन बस्न लागेका डा. गोबिन्द केसीलाई अनसन नबस्न शिक्षामन्त्री गिरीराजमणी पोखरेलले आग्रह गरेका छन् । शिक्षा पत्रकार संजालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले डा. गोविन्द केसीको पटक–पटक अनसन बस्ने स्थितिको आफूले अन्त्य चाहेको बताए । उनले भने, ‘बस्ने नबस्ने उहाँको अधिकारको कुरा हो, तर म उहाँलाई अनसन नबस्न आग्रह गर्छु ।’
[caption id="attachment_1745" align="alignright" width="640"] File photo[/caption]माथेमा आयोगको प्रतिवेदनले दिएको मनसायलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधान गर्न कार्यकारी अधिकार सहितको आयोग बनिसकेको बताए । उनले भने, ‘छ महिनामा आयोगले प्रतिवेदन बुझाएपछि चिकीत्सा क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न सकिन्छ ।’ केही दिनअघि गोविन्द केसीलाई आफूले प्रधानमन्त्रीसँग भेट्ने वातावरण मिलाएको जानकारी दिँदै मन्त्री पोखरेलले भने, ‘लामो छलफल हुँदा प्रधानमन्त्रीले डा. केसीलाई नै आयोगको नेतृत्व गर्न भन्नुभएको थियो, पछी उहाँकै सहमतीमा आयोग बन्यो ।’ अबका दिनमा चिकित्सा क्षेत्रको समस्याको बहसलाई नयाँ ढंगले अगाडी बढाउनुपर्ने भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयहरुको भिसी नियुक्तिको कार्यविधि बनाउन पनि आयोग गठन गर्नुपर्ने धारणा राखे ।
५ वर्ष उमेर पुगेकालाई विद्यालय पुर्याईने शिक्षामन्त्री पोखरेलले नयाँ शैक्षिक सत्रदेखि पाँच वर्ष उमेर पुरा भएका सवै बालवालिकालाई विद्यालय पुर्याउने गरि मन्त्रालयले तयारी थालेको बताएका छन् । पाँच बर्ष उमेर समुहका केटाकेटीलाई नयाँ शैक्षिक सत्र बाट विद्यालय ल्याउनका लागी विद्यालय ब्यवस्थापन समिती र अभिभावकसँग छलफल भईरहेको पोखरेलले जानकारी दिए । त्यस्तै भुकम्पले ध्वस्त भएका शैक्षिक संरचनाको पुनः निर्माण गर्नु आफ्नो प्राथमिकताको काम भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘भुकम्पले क्षति पुर्याएको शैक्षिक संरचनाको विवरण संकलन गरिरहेका छौं, प्राधिकरणसँग मिलेर ति संरचनाको पुनर्निमाण कार्य अगाडी बढाउँछौं ।’ भुकम्पले क्षति पुर्याएका कतिपय संरचना भत्काउन पनी समस्या सिर्जना भएको जानकारी दिँदै त्यस्ता संरचना भत्काउन दातृ निकायहरुसँग सहयोग लिईने बताए । उनले भने, ‘सिन्धुपाल्चोकका २३ ओटा विद्यालयमा त्यस्तो समस्या देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण