एकता साथै विचार मिलाऔंः मोहन वैद्य
काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले माओवादी पार्टीहरुको एकता चाहनेहरुलाई पार्टी एकता गर भन्नुको साथै विचार पनि मिलाउ भन्नुपर्ने बताएका छन् ।
माओवादी पार्टीहरुको एकतामा जोड दिदै पार्टी कार्यालयमा पुगेका विभिन्न क्षेत्रका अगुवासँग उनले भने, ‘तपाईहरुको अभिप्रायलाई सकारात्मक अर्थमा लिनु पर्दछ र लिन्छौ, त्यसमा पार्टी एकताका साथै विचार मिलाउ भन्नुहोस् ।’ उनले आफ्नो पार्टी क्रान्तिकारीहरुसँगको एकतामा प्रतिबद्ध रहेको र त्यसका लागि पहल पनि निरन्तर गरिरहेको बताए । नेपाली क्रान्ति पुरा नभएको र त्यसको अभिभारा पुरा गर्न पनि क्रान्तिकारीहरुको एकता आवश्यक छ भन्दै अध्यक्ष किरणले भने, ‘पार्टी एकताको लागि पहल गर्न छोड्दैनौ ।’ तर उनले आफ्ना अनुभव सुनाउँदै भने, ‘यसअघि एकता प्रायः सुनिश्चित भएका बेला १६ बुँदे सहमतिले विकसित प्रक्रिया समाप्त गरायो ।’ अध्यक्ष किरणले पार्टी एकता गर्न आग्रह गर्ने समुहलाई खुकुरीको चोट अचानालाई थाहा हुने भएकाले त्यो विषयमा पनि विचार गर्न आग्रह गरे । फुट्ने मनै नभएपनि साम्राज्यवादीहरुको चलखेलबाट पार्टी नेतृत्व निम्न पुँजीवादमा फसेपछि वर्गीय र सैद्धान्तिक आधारमा विभाजन आएको जानकारी दिदै किरणले भने, ‘पार्टी एकताको लागि विचारमा ध्यान दिनै पर्दछ ।’ पार्टी एकताका लागि सात वटा आग्रह गरिएको पत्र बुझाउँदै पत्रकार दीपेन्द्र रोकायाले भने, ‘विगतमा तपाईहरुले गरेको त्याग, तपस्या र वलिदानीले स्थापित मान्यता तथा क्रान्तिकारी उपलब्धीको रक्षा गर्न सफल हुनुहोस् भन्ने आग्रह गर्दै माओवादी पार्टीले नयाँ परिस्थितिमा नयाँ एकता कायम गरी नेपाली क्रान्तिको नेतृत्व गर्न सफल भएको देख्न चाहन्छौ ।’ प्रा. डा. गोपाल शिवाकोटीले नेपालमा सत्तरी प्रतिशत माओवादी समर्थकहरुलाई ३० प्रतिशतले शासन गरेर निसाश बनाउने कार्य फुटपछि निर्माण भएकोमा चिन्ता ब्यक्त गरे भने प्रा.अमन श्रेष्ठले माओवादीको विभाजनले भाई फुटे गवार लुटेको अवस्थामा रहनु परेको दुःखेसो सुनाए । महिला नेतृ शान्ता श्रेष्ठले माओवादी दर्शन, राजनीतिक कार्यक्रम, कार्यकर्ताहरुको मनोभावना, जनताको चाहना र देशको परिस्थितिका कारण माओवादी एकता आवश्यक देखिएको दावी गरिन । सोही अवसरमा युगनाथ लम्साल, डा. अष्टमान किसी महर्जन, यादवप्रसाद शर्मा, ठक्कर शर्मा, प्रविण जोशी, राजेश वान्तवा, निलम प्रभा लगायतले माओवादी दर्शनका आधारमा आगामी जनयुद्ध दिवशमा नेपालका माओवादीहरुको एकता घोषणा भएको हेर्न पाउने गरी पार्टी एकताको लागि पहल गर्न अध्यक्ष किरणसँग आग्रह गरेका थिए । यसअघि यस समुहले क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी) का संयोजक मातृका यादवसँग भेटघाट गरिसकेको छ । यस हप्ताभित्र एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव विप्लवसँग भेट्ने कार्यक्रम रहेको सोही समुहले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण