मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा
शुक्रबार, १५ माघ २०७२, १५ : ३३
चितवन - चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको कालिखोलामा सुक्खा पहिरो खसेर बन्द भएको सडक १५ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति ९ बजे सुक्खा पहिरो खसेर बन्द भएको सडक आज मध्यान्नदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले गाडी एकतर्फी रुपमा सञ्चालनमा आएको र दुईतर्फी सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ । चार वटा डोजर लगाएर पहिरो हटाइएको हो । पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका सवारी र यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन् । मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फको कालिखोलामा सुक्खा पहिरो खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण