आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नवलपरासीमा विप्लव माओवादीको जनसत्ता घोषणा 

शुक्रबार, १५ माघ २०७२, १५ : ५४
शुक्रबार, १५ माघ २०७२

नवलपरासी - ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले देशभर १३ स्वायत्त प्रदेश घोषणा गर्दै आफ्नो जनसत्ता लागू गरिएको परिवेशमा अवध स्वायत्त प्रदेश अन्तर्गत पर्ने नवलपरासी जिल्लाको जनप्रतिनिधी सभाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथी नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्दले कथित संसदिय दलहरुको सत्ताले सोझा ईमान्दार, देशभकत क्रान्तिकारीहरुलाई अन्याय, अत्याचार गर्ने र दलालहरुको संरक्षण गरिरहेको हुँदा जनतालाई उचित न्याय दिलाउनको लागी आफूहरुले जनसत्ता व्युताएको बताए । कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी जुझारुले नवलपरासी जिल्लामा जनसत्ताले न्यायोचित ढंगले काम कारबाहीहरु अगाडी बढाउने भन्दै जनसत्ता व्युत्याएर जनतामा जाने बताए । कार्यक्रममा अवध स्वायत्त प्रदेशका जनपरिषद् प्रमुख नाथु थारु, उपप्रमुख चैप्रराम मुसहर, केन्द्रिय क्रान्तिकारी जनप्रतिनिधी सभा सदस्यद्धय मंगलसेन, दलबहादुर कुमाल लगायतले बोल्दै पार्टी र क्रान्तीप्रति गद्दार गर्ने प्रतिक्रियावादी दलालहरुलाई जनसत्ताले कारबाही गर्ने बताए । कार्यक्रमको सञ्चालन पार्टी सचिवालय सदस्य डा. शिवशंकर बस्यालले गरेका थिए ।

जनप्रतिनिधी सभाको प्रथम अधिवेशनले ३५ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा घोषणा गरेको जसको अध्यक्षमा दानबहादुर आचार्य रहेका छन् । अधिवेशन लगत्तै बसेको बैठकले प्रेमप्रसाद ढकाललाई जिल्ला क्रान्तिकारी जनपरिषद्को प्रमुख त्यस्तै दिपककुमार घर्तीलाई उपप्रमुख बनाएको छ । गठन लगत्तै सपथ ग्रहण गर्दै नवनियुक्त प्रतिनिधी सभा सदस्य तथा जनपरिषद् सस्दयहरुले पार्टीको लाईन, निती संघर्ष तथा जनतालाई न्याय दिन आफूहरु प्रतिक्रियावादी दलालहरुसँग अन्तिम सम्म लड्दै साम्यवाद उन्मुख, बैज्ञानिक समाजवादी जनगणतन्त्र नेपाल निर्माणमा अन्तिमसम्म लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका क्रान्तिकारी पत्रकार संगठन नवलपरासीका अध्यक्ष शिव डुम्रेले जानकारी दिए।

३५ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा सदस्यहरुको नामावली:

अध्यक्ष :दानबहादुर आचार्य

सदस्यहरु : प्रेमप्रसाद ढकाल, दिपककुमार घर्ती, पुरुषोत्तम रेग्मी, विजय दुषाध, हरिकला चौधरी, शिव चापागाई, रमेश बस्याल, नरबहादुर कुमाल, रुद्रबहादुर गुरुङ, काशिराम कंडेल, माया चापागाई, देविमाया राना, देवमाया थापा, दिलमाया दवाडी, लक्ष्मी प्रछाई, टुकाराम सुवेदी, लक्ष्मण रानाभाट, दानबहादुर आचार्य, सत्यनारायण भुषाल, यज्ञ न्यौपाने, शिबराज मडेरिया, शिव  थापा, नरबहादुर कुमाल, भरतलाल जोशी, सोनामसिहं तामाङ, यामबहादुर राना, अल्गु चौधरी, सम्पूर्णानन्द गुप्ता, रेखा बहादुर वि.क., रोमअचन लोद, मोहनसिंह आले, महेन्द्र रानाभाट, दुई जना पछि थप्ने ।

१२ सदस्यीय जिल्ला क्रान्तिकारी जनपरिषद्को नामावाली :

प्रमुख : प्रेमप्रसाद ढकाल,

उपप्रमुख : दिपककुमार घर्ती,

सदस्यहरु : पुरुषोत्तम रेग्मी, विजय दुषाध, हरिकला चौधरी, शिव चापागाई, रमेश बस्याल, नरबहादुर कुमाल, रुद्रबहादुर गुरुङ, माया चापागाई, रामअचन लोथ, कासिराम कँडेल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप