दोस्रो चरणमा प्रवेश गर्ने लक्ष्यसहित नेपालले शनिबार आयरल्यान्डको सामना गर्दै
काठमाडौँ - बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डको सामना गर्ने भएको छ । बङ्गलादेशको फल्तुल्लाहस्थित खान साहेब ओसमान अलि रङ्गशालामा भोलि शनिबार नेपालले दोस्रो पटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ आयरल्यान्डको सामना गर्ने भएको हो । यसअघि सन् २००० मा पहिलो पटक यु–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरणमा पुगेको थियो । नेपालले आयरल्यान्डलाई पराजित गरेमा नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सपना भने साकार हुनेछ । हिजो बिहीबार भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई प्रबल बनाएको थियो । त्यस्तै सन् २००६ मा श्रीलङ्कामा सम्पन्न विश्वकपमा नेपालले न्युजिल्यान्डलाई नै एक विकेटले पराजित गर्दै प्लेट च्याम्पियनसीप उपाधि उचालेको थियो । न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेतासमेत भइसकेको छ । यसअघि न्युजिल्यान्ड सन् १९९८ मा भएको विश्वकप फाइनल खेलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो । विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईभित्र पर्ने टोली अघिल्लो चरणका लागि छनोट हुने प्रावधान छ । विभिन्न १६ टोली सहभागी विश्वकपमा नेपाल भने समूह ‘डि’ मा परेको छ । जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने समूह ‘डि’ मा नै रहेको आयरल्यान्ड अङ्कविहीन हुँदै लिगको चौथो स्थानमा छ । त्यस्तै, शीर्ष दुई अङ्क नै जोडेको भारत लिगको पहिलो स्थानमा छ भने न्युजिल्यान्ड लिगको तेस्रो स्थानमा छ । न्युजिल्यान्डले पनि अङ्क जोड्न सकेको छैन । समूह ‘डि’ मा रहेका सबै टोलीले समान एक–एक खेलेका छन् । बिहीबार नै भएको खेलमा भारतले आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण