सौतेनी आमाद्वारा हत्या गरिएका बालकहरुको अझै काजकिरिया हुन सकेन
गुल्मी – गुल्मीको हाडहाडेमा दुई हप्ता अघि सौतनी आमाद्वारा हत्या गरिएका दुई वालकहरुको अहिलेसम्म काज किरिया हुन सकेको छैन । गत माघ ५ गते गुसाँझ र अर्को दिन विहान ४ वजेको समयमा सौतेनी आमा २६ वर्षीया शान्ता पुनद्वारा हत्या गरिएका ७ वर्षीय विवेक पुन र ५ वर्षिय विक्रम पुनको काज किरिया हुन नसकेको हो । जेठी श्रीमतीले जन्माएका ति दुवै सन्तानको कान्छी श्रीमती शान्ताले हत्या गरेको खवर पाउन साथ साउदी अरबबाट आएका ती बालकका वावु नरेन्द्र पुन घर आएको झण्डै एक हप्ता बित्दा समेत उनीहरुको काज किरिया हुन नसकेको स्थानिय समाज सेवी सुर्य थापाले जानकारी दिए । ति दुई छोराहरुको हत्या भएको चार दिन नबित्दै श्रीमती पिडित पुनकी आमाको पनि मृत्यु भए पछि अहिले तिनै भाई घर आएर आमाको किरिया क्रम गर्न लागेको थापाले बताए । श्रीमतिले घर भित्र सौताका जेठा छोरा विवेकलाई बासी दाल भातमा मुसा मार्ने विष राखेर खान दिएर मारेको र अर्को दिन विहान कान्छा छोरा विक्रमलाई मुख थुनेर घाँटी च्याँपेर हत्या गरेको प्रहरी संग स्वीकार गरिसकेकी छिन् । माघ ५ गते विहान करिव ७ वजेको समयमा विष सेवन गराई दिनै भर वान्ता गर्दै तड्पीएका ति वालकको साँझ करिव ९ वजेको समयमा मृत्यु भएको अभियुक्त शान्तिले बयान दिएकी थिइन् । त्यस्तै अर्का ५ वर्षीय बालकलाई पनि विहान ४ बजेको समयमा सुरुमा पानी टेप मुखमा लगाएर घाँटी वटारेको त्यसले पनि नमरेर धेरै वेर सम्म मुख थुनेर मारेको शान्तावले प्रहरीसंग बयान दिएकी थिइन् । सौताका दुई छोराहरुको हत्या अभियोगी पुनविरुद्ध अदालतमा मुद्दा दायर गरी उनलाई प्रहरी हिरासतमा राखिएको छ । १० महिना अघि मात्र साउदी अरब पुगेको उनका श्रीमान् घर त आएका छन तर श्रीमतिले हत्या गरेको त्यस घरमा नवसी छिमेकी दाजु भाईको घरमा बसेका छन् । केही दिनमा छोराहरुको किरिया गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण