कृयाशील सदस्यमा शरतसिंहको नाम राख्ने कांग्रेस ‘हुस्सु’ : तमसपा
काठमाडौं – नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको कृयाशील सदस्यहरुको नामवालीमा अध्यक्ष शरत्सिंह भण्डारीको नाम पनि समावेश गरिएको भन्दै तराई मधेस सद्भावना पार्टीले त्यसको विरोध गरेको छ । शुक्रबार पार्टीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भण्डारीको नाम कांग्रेसको क्रियाशिल सदस्यामा राखेकोमा घोर भत्सर्ना गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काङ्ग्रेसले पछिल्लो समय सार्वजनिक गरेको आफ्नो कृयाशील सदस्यतामा सात वर्ष अगाडि पार्टी परित्याग गरेका रामसपा का राष्ट्रिय अध्यक्ष शरत सिंह भण्डारी ज्यु को नाम राखिनुले जुन अन्योलता ल्याएको छ त्यसले हामीलाई अत्यन्त दुखी र चिन्तित तुल्याएको छ।’ पार्टीले नेपाली कांग्रेसले कृयाशील सदस्य सम्मको अभिलेख अध्यावधिक गर्न नसकेको भन्दै उक्त घटनालाई हुस्सुपनाको संज्ञा दिएको छ । ‘जुन पार्टी ले आफ्नो कृयाशील सदस्य सम्मको अभिलेख अध्यावधिक गर्न सक्दैन त्यस्ता गैरजिम्मेवार पार्टीसंग नेपाली जनताले कुनै किसिमको आशा राख्नु ब्यर्थ हो।त्यशर्थ यस्ता गैरजिम्मेवारीपुर्न कार्य र हुस्सुपनाको हामी घोर भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण