पूर्वराष्ट्रपति यादव भारत प्रस्थान
शुक्रबार, १५ माघ २०७२, १८ : ०५
काठमाडौँ– पूर्वराष्ट्रपति डा रामवरण यादव भारतको राजस्थानस्थित माउन्ट आबुमा हुने धार्मिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
ब्रह्मकुमारी राजयोग केन्द्रले माउन्ट आबुमा शनिबार आयोजना गर्ने मुख्य गुरु दादिमाको शतवार्षिकी कार्यक्रममा सहभागी हुन यादव भारत गएका हुन् । सो धार्मिक कार्यक्रम सकेपछि दिल्ली बसाइका क्रममा पूर्वराष्ट्रपति डा यादवले भारतीय नेताहरुसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
दशदिने भ्रमणका क्रममा डा यादव माउन्ट आबु, सावरमती, छारकालगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन भ्रमण पूरा गरी यही माघ २४ गते काठमाडौँ फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण