ग्लोबल आइएमई बैंकको ४० औँ शाखारहित बैंकिङ्ग सेवा टेकनपुर सिन्धुपाल्चोकमा
काठमाडौं– ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि सिन्धुपाल्चोक जिल्लाको टेकनपुर गाविसमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । टेकनपुरमा सुरु गरेको सेवाको लागि बैंकले स्थानिय भुपेन्द्र श्रेष्ठलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । व्यवसायीक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरेर ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले उक्त सेवाको उद्घाटन गरेका थिए । सिन्धुपाल्चोक जिल्लाको टेकनपुर गाविसमा गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपश्चात आएका पराकम्पनहरुबाट अति प्रभावित गाविस हो । भूकम्पबाट प्रभावित गाविसहरुमा भविष्यको लागि बचत गर्नै बानीको बिकास गर्न तथा आधारभूत बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले ग्लोबल आइएमई बैकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण