एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने सरकारको तयारी
काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषणा गर्ने बताएका छन् ।
नीतिमूलक अनुसन्धान तथा विकास संस्था ९इप्राड०ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रको तत्कालीन एवम् दीर्घकालीन स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले भने, “कर्णप्रिय प्रवचनभन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ ।”
मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणासहितको कार्यक्रम आउने जानकारी दिँदै उनले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेको धारणा राखे ।
अर्थमन्त्री पौडेलले प्रसारण लाइन अविलम्ब सुरु गर्ने, निर्माणाधीन आयोजनालाई सम्पन गर्न ढिलाइ गर्न नहुने र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा ऊर्जा विज्ञ गुरुप्रसाद न्यौपाने, शेरसिंह भाट र डा भीमप्रसाद न्यौपानेलगायतले जलविद्युत् आयोजना निर्माण अवरुद्ध हुने अवस्था आउन नहुने, उत्पादन लागत घटाउनुपर्ने र विद्युत प्रसारण लाइन निर्माण जिम्मा निजी क्षेत्रले पनि पाउनुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण