निर्देशकको चुनौती : ‘अन्य चलचित्रसँग कथा मिल्न आए पैसा फिर्ता गर्छौं’
शुक्रबार, १५ माघ २०७२, १९ : ४५
काठमाडौं– माघ २२ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र सुपरहिटका निर्देशक सौरभ ढकालले चलचित्र पुरै नेपाली कथावस्तुमा बनेको बताएका छन् । उनी भन्छन्, ‘नेपाली चलचित्र मौलिक भएन भन्ने कुरा आउँछ । त्यसैले हामीले कथावस्तुलाई पूर्ण मौलिक बनाएका छौँ ।
सुपरहिटको कथावस्तु कुनै पनि अंग्रेजी, हिन्दी तथा नेपाली फिल्मसँग मिल्न गएमा दर्शकले त्यसको प्रमाण लिएर आउँदा हुन्छ । हामी दर्शकलाई क्षतिपुर्ति स्वरुप हलको टिकट, गाडी भाडा र हलभित्र खाजा खाँदाको पैसा फिर्ता गर्न तयार छौँ ।’ यस चलचित्रलाई निरन्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा निमार्ण गरेका हुन् ।
चलचित्र आधूनिकताका नाममा निकै उदार देखिएको नेपाली समाजको कथावस्तुमा केन्द्रित छ । चलचित्रले व्यङग्यात्मक रुपमा गहन विषय उठाएको निर्देशक ढकालले बताएका छन् । चलचित्रमा विनिता बरालको मूख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण