यस्तो छ एयरलिफ्टको वास्तविक कथा
नयाँदिल्ली–गल्फ युद्धका दौरान भारतले सबैभन्दा ठूलो हवाई अपरेशनमार्फत उद्दार गरेका नागरिकहरुको कथामा चलचित्र ‘एयरलिफ्ट’ बनेको छ । चलचित्रका कारण अहिले अक्षयकुमारको सर्वत्र प्रसंशा छ । कुवेतमा फसेका एक लाखभन्दा बढी भारतीयलाई निकाल्ने यस उद्दार अपरेशनका खास हिरो एयर इन्डियाका एक कर्मचारी थिए । यसैमध्ये एक क्याप्टेन विजय नायरको परिवारले त्यसक्रममा खिचिएका तस्बिरहरु सार्वजनिक गरेको छ । यसक्रमका देखिएका केही महत्वपूर्ण तथ्य – एयर इन्डियाका अधिकारी क्याप्टेन विजय नायरको परिवारले यस अपरेशनका फोटो सार्वजनिक गरेको छ । – यस अपरेशनमा जोडिएका एयर इन्डियाका तीन अधिकारीमध्ये विजय नायर एक थिए । – माइकल मसकारेनहस यस समय मध्यपूर्व तथा एयर इन्डिया एयरलाईन्सका क्षेत्रीय निर्देशक थिए । विजय नायर र चाल्र्स मैन्युअल उनका सहायक थिए । – सन् १९९० मा इराकमा हमला हुदाँ कुवेतमा १ लाख ७० हजार भारतीय फसेका थिए । – भारतीयलाई सुरक्षित रुपमा निकाल्ने क्रममा तत्कालिन विदेशमन्त्री आईके गुजरालले इराकी राष्ट्रपति सद्धाम हुसैनसँग भेटेका थिए । – छिमेकी जोर्डनको बाटो हुदैँ भारतीयलाई निकाल्ने सहमति हुसैनसँगको भेटमा भएको थियो । एयर इन्डियाको ठूलो मद्दत – भारतीय दूतावासका अधिकारीहरुले निजी बसबाट मानिसहरुलाई बसरा र बग्दादको बाटो हुदैँ जोर्डनको अम्मान पु¥याएका थिए । – दैनिक ८० बस भारतीयलाई कुवेतबाट निकाल्न प्रयोग गरिएको थियो । – सुरुवातमा भारतीय वायुसेनाको विमानबाट भारतीयलाई कुवेतबाट फर्काइएको थियो । – तर सेनालाई एक्लै काम गर्न कठिनाई भएपछि भारतले एयर इन्डियालाई यस अपरेशनमा सहभागि गरायो । – ५९ दिनमा अम्मान र मुम्बईको रुटमा एयर इन्डियाका ४ सय ८८ विमान सञ्चालनमा आए । – दैनिक दश फ्लाइट सञ्चालनमा थिए । प्रत्येक फ्लाईटले ३ सय यात्रू ल्याए । – कुनै पनि सार्वजनिक उड्डयनले चलाएको यो सबैभन्दा ठूलो अपरेशन हो । – यो अपरेशनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा समेत लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण