आइजिपीलाई प्रश्न : तपाईले किनेको ब्रेथलाईजरमा भ्रष्टाचार भाथ्यो, छानबिन हुँदैन ?
काठमाडौं–‘तपाई ट्राफिक महाशाखाको डिआईजी हुँदा किनेको ब्रेथलाईजर काम नलाग्ने भैसकेको छ । त्यतिबेला नै ब्रेथलाईजर खरिदमा भ्रष्टाचार भएर कमजोर गुणस्तरको किनेको भनिएपनि आजसम्म त्यसको छानबिन हुन सकेको छैन । आइजिसाप अब ब्रेथलाईजर खरिद प्रकरणको छानबिन हुँदैन ?’ सडक सुरक्षा विषयक अन्तरक्रियामा एकजना संचारकर्मीले मापसे जाँच गर्ने ब्रेथलाईजर खरिदमा घोटाला भएको पुरानो घटना सम्झाएपछि आइजिपी उपेन्द्रकान्त अर्याल कालोनिलो भए तर, उनले कुनै प्रतिक्रिया दिएनन् । शुक्रवार ललितपुरमा आयोजित नेपाल प्रहरी र रेडक्रस सोसाईटीले संयुक्त रुपमा आयोजना गरेको ‘सडक सुरक्षा’ विषयक अन्तरक्रियामा बोल्दै प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले सडक सुरक्षाको अवस्था निराशाजनक भएपनि आशाको किरण जगाउने दायित्व पनि अहिलेकै पुस्ताको भएको बताए । उनले भने, ‘सडक प्रयोगकर्ताको सजगताको अभावमा धेरै दुर्घटनाहरु हुने गरेका छन् ।’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले लामो समयदेखि ट्राफिक व्यवस्थापनमा मेहनत गरेकोमा उनको प्रशंसा गर्दै आईजीपी अर्यालले साधन स्रोतको अभावमा पनि ट्राफिक प्रहरीले काम काम गरिरहेको बताए । त्यस्तै कार्यक्रमका अर्का वक्ता एवं ट्राफिक महाशाखाका प्रमुख डिआईजी जयबहादुर चन्दले अब पनि काठमाडौंमा साना सवारी चलाइरहे ट्राफिक समस्या अझै विकराल हुँदै जाने उल्लेख गर्दै मास ट्रान्सपोर्टेसनमा जानुपर्ने बताए । उनले भने, ‘ट्राफिक व्यवस्थापन सुधारका लागि समय सापेक्ष कानुन र आधुनिक प्रविधीको प्रयोग गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण