गृहमन्त्रीको दाबी : यातायात सिन्डीकेटको अन्त्य हुन्छ, हुनैपर्छ !
काठमाडौं–गृहमन्त्री शक्ति बहादुर बस्नेतले यातायातमा देखिएको सिन्डीकेट अन्त्य हुने दावी गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित ‘सडक सुरक्षा’ बारेको अन्तरक्रियामा बोल्दै मन्त्री बस्नेतले कानुनी अफ्ठेराहलाई सुधार र संसोधन गर्दै सिन्डीकेटको अन्त्य हुनैपर्ने बताए ।
समाजको आवश्यकताको लागि कानुन बनाईंने हुँदा त्यसलाई सुधार र संसोधन गर्दै जानुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘कानुनी अफ्ठेरोले गर्दा एउटा मजदुर अफ्ठेरोमा नपरोस ।’ सडक सुरक्षा आजको एउटा ठुलो समस्या बन्दै गएको उल्लेख गर्दै मन्त्री बस्नेतले यो समस्याबाट भागेर नहुने बताए । उनले भने, ‘दह्रो प्रतिबद्धतासहित समस्या समाधानमा लाग्नुपर्छ ।’ सडक प्रयोगकर्तामा चेतनाको अभाव भएका कारण पनि सडक दुर्घटना बढेको मन्त्री बस्नेतको भनाई छ ।
रुट परमिट दिने डिजी सधैँ प्रेसरमा : अर्जुन कार्की
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीले नेपालको यातायात व्यवस्था अराजक र सडक प्रयोगकर्ताहरु अनुशासनहिन भएकाले दिनानुदिन दुर्घटना बढेको बताए । नेपालमा भएका दुई लेन र चार लेनका सडकमा गाडी रोकिने र सडकमा हुने व्यापार बन्द गर्न सके दुर्घटना कम हुने सचिव कार्कीले सडक निर्माणलाई जस्तै यातायात व्यवस्थापनलाई पनि महत्व दिनेगरी मन्त्रालयले योजना ल्याउने तयारी गरेको बताए ।
त्यस्तै यातायात व्यवसायीले सिन्डीकेट अन्त्य गरेमा उनीहरुको लगानीलाई सुरक्षा गर्ने कानुन बनाउन मन्त्रालय तयार रहेको उल्लेख गर्दै कार्कीले भने, ‘रुट परमिट पनि यातायात क्षेत्रमा देखिएको अर्को ठुलो समस्या हो ।’ बाध्यात्मक अवस्थामा जथाभावी दिइने रुट परमिटका कारण समस्या बढेको छ । उनले भने, ‘रुट परमिट दिने डिजी सधैँ प्रेसरमा हुन्छन्, अनावश्यक दवाबका कारण केही महिनामा सरुवा माग्न थाल्छन्, यस्तो अवस्था अन्त्य तपाई हामीले नै गर्नुपर्छ ।’ राजधानीका सडकलाई तीन चरणमा वर्गीकरण गरेर ठुला सार्वजनिक सवारी चलाउने योजनामा आफुहरु लागिपरेको उनले गर्दै सचिव कार्कीले भने, ‘कोटेश्वर भक्तपुर सडकमा ६ महिनाभित्र डेडिकेटेड लेन दिएर ठुला बस चलाउने तयारी गरिरहेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण