पहिलो चरणमा इजरायल जान १०० जना छानियो (नामसहित)
काठमाडौं– इजरायलका केयर गिभरको कामका लागि पठाउन पहिलो चरणमा एक सय जनाको नाम छनोट भएको छ । १ सय ३९ जनाले आवेदन दिएकोमा १०० जना आवेदकको चिट्डा प्रणालीबाट नाम निस्किएको हो । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा भाषा परीक्षा हुने जनाएको छ । परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले व्यवस्थित रुपमा इजरायल पठाउनका लागि तय गरेको कार्यविधिअनुरुप उनीहरु इजरायल जान पाउने भएका हुन् । ५ वर्षदेखि इजरायलमा नेपाली कामदारलाई पठाउन प्रतिबन्ध लगाइएको थियो ।
सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण