बल्ड डोनर्स अफ अमेरिकाको अधिवेशन टेक्सासमा भव्यताको साथ हुने
वाशिंगटन डिसी – बल्ड डोनर्स अफ अमेरिकाको अधिवेशन आगामी मे महिनाको स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा मे २७ देखि २९ सम्म टेक्सासको ड्यालस इर्विंगमा भव्यताको साथ हुने भएको छ । ‘रक्तदान नै जीवन दान’ भन्ने मूल नाराका साथ विशुद्ध समाज सेवा गर्ने उद्देश्यले बल्ड डोनर्स अफ अमेरिकाको इतिहास मै पहिलो पटक अधिवेशन गर्ने मिति तथा स्थान तय भएको जानकारी संस्थाका अध्यक्ष डा. लिला कार्कीले जानकारी दिए । यसको लागि समिति तय भएको र अहिलेदेखि नै अहोरात्र ऐतिहासिक अधिवेशनलाई सफलता बनाउन तारतम्य मिलाउँदै गरेको बताइएको छ । र अहिलेदेखि नै उक्त कार्यक्रमको लागि अतिथिको राजदुतावाससँग पहल गरिसकिएको छ भने अमेरिकाको विभिन्न प्रतिष्ठित व्यक्ति, समाजसेवी, उद्यमी, व्यापारी, कलाकारको उपस्थिति हुने बताइएको छ । संस्थाले गरेको उपलब्धिको साथै संस्थाका भावी योजनाका बारेमा छलफल हुने समेत अध्यक्ष डा. कार्कीले बताए । यस्तैगरि साहित्यिक कार्यक्रम, खेलकुद, रक्तदान, स्वास्थ्य शिविर, एनआरएन मञ्चको साथै सामाजिक अभियन्ताहरुको सम्मान समेत हुने भएको छ । संस्थाले अमेरिकामा रहेका सबैलाई यस कार्यक्रमलाई सफलता बनाउन आब्हान गरेको छ भने टेक्सास इर्विंगकै डिएफ डब्लु होटलमा कार्यक्रम हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण