एक सय ७२ अभियुक्त फरार
शनिबार, १६ माघ २०७२, ०९ : २४
बैतडी– जिल्ला अदालत दार्चुलाबाट फैसला भएका विभिन्न मुद्दाका १७२ अभियुक्त फरार रहेका छन् ।
जिल्ला अदालतको यो तथ्याङ्क विस २०३९ देखि २०७२ पुस मसान्तसम्मको हो ।
तथ्याङ्कअनुसार ४२ जनालाई कैद, १०१ जनालाई जरिवाना तथा ३० जनालाई कैद र जरिवाना गरी दुवै सजायको फैसला भएको छ ।
हालसम्म १३७ वर्ष नौ महिना पाँच दिन कैद बाँकी रहेको छ भने करिब रु १२ लाख २१ हजार जरिवानास्वरुप असुल गर्न बाँकी रहेको छ ।
त्यस्तै चालु आवको पुस मसान्तसम्ममा ४६ वर्ष तीन महिना कैद तथा करिब रु सात लाख ३८ हजार जरिवाना असुल भएको जिल्ला अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण