विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि विद्यालय बन्द
शनिबार, १६ माघ २०७२, ०९ : ४४
पाँचथर– पाँचथरको दक्षिणी गाविस यासोकमा रहेको सनराइज बोर्डिङ इङ्ग्लिस स्कुलमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि विद्यालय बन्द गरिएको छ ।
सुरुमा स–साना बिमिरा आई शरीर चिलाउने, ज्वरो आएर विद्यार्थी र शिक्षक विद्यालय आउनै नसकेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सूर्य लावतीले जानकारी दिए ।
यस्तो रोग देखिएपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गर्दा छालामा हुने एलर्जी इमोटाइटिस जस्तो छालाको रोगको सङ्क्रमण देखिएको इलाका स्वास्थ्य चौकी यासोकका प्रमुख केदार खड्काले बताए ।
यो रोगबाट नआत्तिकन घरमै आराम गर्दै बस्न आग्रह गर्दै उनले जाडोको समयमा बढी चिल्लो पिरो, अमिलो, माछा, मासु नखान खानपान, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण