भान हालले म्यानचेस्टर नछाड्ने
म्यान्चेस्टर – पछिल्लो समय राम्रो नतिजा दिलाउन नसक्दा आलोचित बनेका म्यानचेस्टर युनाइेडका प्रशिक्षक लुइस भान हालले अहिले क्लब छाड्ने सम्बन्धमा नसोचेको बताएका छन् । उनले आफ्नो तीन वर्षे सम्झौता अवधिभर क्लब नछाड्ने बताए । पछिल्लो समय म्यानचेस्टर युनाइटेडले राम्रो नतिजा दिलाउन नसक्दा उनी आलोचनाको केन्द्रमा छन् । तर भान हालले आफ्नो सम्झौता २०१७ सम्म रहेको भन्दै उक्त अवधिसम्म आफ्नो जागिरलाई निरन्तरता दिने बताएका हुन् । उनी भन्छन्–‘सबैलाई थाहा छ मेरो सम्झौता तीन वर्षको हो । त्यसैले यो प्रक्रिया हा । म सम्झौताको अन्त्यसम्म जागिरलाई निरन्तरता दिन चाहन्छु । एक वा दुई खेलको कुरा होइन ।’ भान हालले म्यानचेस्टर युनाइटेडका प्रमुख एड उडवार्ड र म्यानचेस्टरको व्यवस्थापनले गरेको सहयोगको स्वागत गरेपनि युनाइटेडका समर्थकहरुले नतिजाका लागि ठूलो दबाब दिने गरेको बताए । उनी भन्छन्–‘समर्थकहरु मलाई विश्वास गर्छन् । त्यसैले उनीहरुले ठूलो दबाब पनि दिन्छन् । जब समर्थकहरुको अपेक्षा पुरा गर्नुपर्ने हुन्छ त्यतिबेला दबाब ठूलो हुन्छ ।’ उनले मुख्य खेलाडीहरुको चोटका कारण पनि युनाइटेडले समर्थकहरुले अपेक्षा गरेजस्तो नतिजा दिन नसकेको बताएका छन् । ‘जब टोलीमा ६ देखी ८ जना सिनियर खेलाडी घाइते हुन्छन् भने नतिजा नआउनुमा प्रशिक्षकको दोष हुदैन । हामी डेढ महिनाअघि लिगको शीर्ष स्थानमा थियौँ । तर मुख्य खेलाडी घाइते भएपछि हामी कमजोर देखियौँ ।’ म्यानचेस्टर युनाइटेड अहिले २३ खेलबाट ३७ अंकसहित इंग्लिस प्रिमियर लिगको पाँचौ स्थानमा छ । जून चौथो स्थानको टोट्टेनह्यामभन्दा ५ अंकले कम हो । लिगको शीर्ष स्थानमा ४७ अंकसहित लेइसिस्टेर सिटी छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको आर्सनलको समान ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण