आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कृषि मन्त्री भन्छन्, ‘मन्त्रालय फुटाउँदा राजीनामै दिने मुडमा पुगेको थिएँ’

शनिबार, १६ माघ २०७२, १३ : १३
शनिबार, १६ माघ २०७२

काठमाडौं – कृषि मन्त्री हरिबोल गजुरेलले कृषि तथा पशु मन्त्रालय आफ्नो असहमतिका बीच फुटाइएको खुलासा गरेका छन् । मन्त्रालय फुटाउँदा आफू राजीनमा दिने मुडसम्म पुगेको पनि मन्त्री गजुरेलले बताए । शनिबार राजधानीमा नेपाल कृषि पत्रकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै फुटाउने विषयमा बोल्दै मन्त्री गजुरेलले भने, ‘कृषि तथा पशु मन्त्रालय फुटाउने कुरा मलाई पनि चित्त बुझेको थिएन । मन्त्रालय फुटाउने कुरा आएपछि मलाई धेरैले राजीनामा दिनुपर्छ भनेर सल्लाह र दबाब समेत दिए ।’ मन्त्रालय फुटाउने विषयमा चौतर्फी आलोचना दबाब आए पछि आफू पार्टी अध्यक्ष प्रचण्ड कहाँ पुगेर सल्लाह समेत गरेको मन्त्री गजुरेलले बताए । प्रचण्डसँगको भेटबारे उनले भने, ‘मन्त्रलाय फुटाउने भनेपछि म अध्यक्ष प्रचण्डकोमा पनि पुगेर आफ्नो कुरा राखे । मैले मन्त्रलाय नफुटाउँ बरु एमालेलाई त्यो मन्त्रालय चाहिएको हो भने म मन्त्री पदबाट राजीनामा दिन पनि तयार छु भनेर कुरा राखे ।’ जवाफमा प्रचण्डले आफूलाई साँच्चै मन्त्री पद छाड्न तयार हुनुहुन्छ भनेर सोधेको र आफू तयार रहेको बताएपछि प्रधानमन्त्री केपी ओलीसँग पनि यस विषयमा छलफल गर्न पुगेको मन्त्री गजुरेलले बताए । प्रधानमन्त्रीसँग कुरा राख्दा शुरुमा उनले सकारात्मक कुरा राखेको तर अन्त्यमा आफ्नो बाध्यता बुझिदिन आग्रह गरको बताए । ‘मलाई पनि कहाँ मन्त्रालय फुटाउन रहर हो र तर सबैको चित्त बुझाउँदा यस्तो बाध्यता भयो,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै मन्त्री गजुरेलले भने । मन्त्रालय फुटिसके पनि आफूले राजीनामा दिन खोजे पनि आफैलाई आफ्नो कर्तव्यबाट पछि हटेको जस्तो लागेको अनुभव भएको उनले बताए । ‘राजीनामा दिएर पनि आखिर समस्या समाधान हुने थिएन । म पनि कृषकको छोरा हुँ । मैले आफैले रोजेर यो मन्त्रालयमा आएको हुँ । आफैले रोजेर पाएको मन्त्रालय छाडे नाकारात्मक टिप्पणी हुने थियो । अन्ततः म राजीनामा नदिने मुडमा पुगे ।’ जति पाएको छु, राम्रो बनाउँछु उनले आफ्नो भागमा परेको मन्त्रालयमा नै बसेर राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्ति गरे । ‘जति भागमा परेको त्यसलाई राम्रो बनाउँछु । त्यसैका लागि अहिले लागीपरेको छु । २७ बुँदे प्रबिद्धता ल्याएको छु । कृषिमा उदाहरणीय काम गरेर देखाउँछु ।’ उनले यसअघिका जति पनि मन्त्रीप् आउँदा शुरुमा कर्मचारी चलाउने गरेको इतिहास स्मरण गराउँदै आफू भने त्यस्तो पक्षमा नरहेको स्पष्ट पारे । ‘म काम गर्न आएको हुँ । काम गर्ने कर्मचारीलाई आनावश्यक रुपमा चलाउने पक्षमा म छैन तर यदी कोही मेरो कामको अगाडि अवरोध बन्न खोज्छ भने त्यस्तालाई त कारवाही हुनेछ,’ मन्त्री गजुरेलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप